Top Navigation
Main Navigation
शनिबार, फागुन २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • शिक्षा क्षेत्रमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन
शिक्षा क्षेत्रमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ १५, २०७९
Budget

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा १६ अर्ब रकम वृद्धि हुने भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रका लागि मन्त्रालयगत, प्रदेश र स्थानीय तहगतरूपमा गरी १ खर्ब ९६ अर्ब ३८ करोड विनियोजन गरिएको छ। 

आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड, प्रदेशतर्फ ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कूल १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको थियो।

प्रस्तावित बजेटमा श्रम, सीप, रोजगार र उत्पादनसँग शिक्षालाई जोड्दै शिक्षामा पहुँच विस्तार गरी गुणस्तर र उत्पादनशील मानव पूँजीको विकास गर्ने, विद्यालय क्षेत्र सुधार कार्यक्रम, युवा साक्षरता दर शतप्रतिशत पुर्याइने, कूल भर्नादर वृद्धि गर्ने, कक्षा कोठामै व्यावसायिक ज्ञान र सीपको अवसर सिर्जनाको वातावरण गर्नेलगायत कार्यक्रम रहेका छन्। 

यसका लागि सरकारले सीपमूलक पाठ्यक्रम लागू गर्ने, स्नातकोत्तर अध्ययन गरेका विद्यार्थीलाई स्थानीयरूपमा कम्तीमा ९० दिन कार्यमूलक सेवा दिन लगाउने व्यवस्था गर्ने छ।

राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिई आगामी वर्ष थप १ हजार २०० विद्यालयलाई सो कार्यक्रममा समावेश गर्न ८ अर्ब ८८ करोड विनियोजन गरिएको छ।

हाल कक्षा ५ सम्म उपलब्ध हुने दिवा खाजा कार्यक्रम क्रमशः विस्तार गर्दै आगामी आर्थिक वर्षमा कक्षा ७ सम्म यो कार्यक्रम सञ्चालन गरिनेछ । 

संसद्बाट शनिबार पारित सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा कार्यक्रमलाई विस्तार गर्ने भनिएको थियो।

विद्यालयका प्रधानाध्यापकले खर्च गर्न पाउने अधिकार क्षेत्र विस्तार, विद्यालयप्रतिको स्वामित्व वृद्धि, उचित मूल्याङ्कन गरी नमूना विद्यालयको मान्यता, आन्दोलनमा शहीद तथा घाइते भएका सन्तति पढ्ने शहीद विद्यालयलाई क्रमशः मूलधारमा रूपान्तरण गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) को पुनः संरचना गर्ने उल्लेख गरिएको छ । बजेटमा प्राविधिक शिक्षा स्थानीय तहमा हस्तान्तरण गर्न ८ अर्ब ३० करोड विनियोजन गरिएको छ। 

उच्चशिक्षामा विदेशमा पढ्न जाने प्रवृत्ति कम गरी स्वदेशमै गुणस्तरीय शिक्षाको विकासका लागि कार्यक्रम प्रस्ताव गरिएको छ। नेपालमा पढ्न चाहने विदेशी विद्यार्थीलाई प्रवेशाज्ञामा सहजीकरण गर्ने उल्लेख छ। 

नीति तथा कार्यक्रममा शिक्षामा प्रविधियुक्त शिक्षालाई विकास गर्न भौतिक पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा सूचना प्रविधिको विस्तार गर्न इन्टरनेट सुविधा ५० प्रतिशत शुल्कमा उपलब्ध गराउने, गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्ने, विद्यालयको न्यूनतम पूर्वाधार कार्य सम्पन्न गर्ने, विज्ञान र गणित शिक्षकको अभाव हुन नदिन शिक्षक दरबन्दी थप गर्ने, नमूना विद्यालयलाई सुविधासम्पन्न बनाउँदै सञ्चालनमा ल्याउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिवर्तन गर्ने उल्लेख गरिएको थियो ।

नीति तथा कार्यक्रममा विदेशी विद्यार्थीलाई नेपालमा आकर्षण हुने गरी शिक्षालयको स्थापना गर्ने, विश्वविद्यालयलाई राष्ट्रिय महत्वका आधारमा विश्वविद्यालयलाई प्राथमिकीकरण गर्ने, विश्वविद्यालयले अध्ययन अनुसन्धान गरेर सरकारलाई राय सल्लाह दिने वातावरणको विकास गर्ने, विश्वविद्यालयलाई रोजगारीको आधारमा मूल्याङ्कन गरेर अनुदान उपलब्ध गराउने, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षण हुने गरी शिक्षालयको स्थापना गर्ने, प्रत्येक प्रदेशमा दुईवटा मेडिकल कलेजको स्थापना गर्ने वातावरण बनाउने, खेलकुद विश्वविद्यालयको स्थापना गर्ने कार्यक्रम समावेश गरिएको थियो।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:४८
##Budget
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव शनिबार, फागुन ९, २०८२
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ? शनिबार, फागुन २, २०८२
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन शनिबार, माघ १८, २०८२
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण बुधबार, माघ १, २०८२
जाडोलाई तह लगाउँने ११ उपाय
जाडोलाई तह लगाउँने ११ उपाय मंगलबार, पुस १५, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः २ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ३ मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
  • नंः ४ रुकुमपूर्वबाट प्रचण्डको ऐतिहासिक जित, पाँचौँ पटक प्रतिनिधिसभामा
  • नंः ५ नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
विचार
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा NamiNews- नामीन्यूज
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्