Top Navigation
Main Navigation
शुक्रबार, कात्तिक २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, कात्तिक २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनमा इमान्दारिता नभएको ठहर
गठबन्धनमा इमान्दारिता नभएको ठहर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ २१, २०७९
Baburam Bhattarai

काठमाडौ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएको छ।

जिल्लाको चुनावी समीक्षा गर्न आएका डा भट्टराईले निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताएको हो । 

“विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो”, डा भट्टराईले भने, “जुन ढङ्गले गठबन्धन गरियो गठबन्धनमा पनि इमान्दारिता भएन।” 

अध्यक्ष डा भट्टराईले गठबन्धनको धर्म अनुसार एक पटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नु पर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताएका हुन्।

Nepal Oil Corporation

गठबन्धनका दलको लोकतान्त्रिक मूल्यमान्यता र नैतिक आचारणविपरितको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाएका थिए।

अध्यक्ष डा भट्टराईले नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको भने स्पष्ट पारेका थिए।  

“प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भनेर हामीले भनिरहेका छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले भने, “त्यो नभएसम्म अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलको प्रष्ट बहुमत आउन नसक्ने हुँदा गठबन्धन गर्नु वा चुनावी तालमेल गर्नु आवश्यक छ।”

उनले पटक्कै विचार नमिल्ने शक्तिबीच गठबन्धन भनेर अघि बढ्दा गतिहिनता र अस्तव्यस्तता आएकाले अब पुनःविचार गर्नुपर्ने बेला आएको बताए। 

“वैचारिकरुपमा सापेक्ष ढङ्गले एकरुपमा भएका वा निकट भएका शक्ति बीचमा गठबन्धन तालमेल भयो भने दिगो हुन्छ, नीति कार्यक्रम लागू गर्न पनि सहज हुन्छ”, अध्यक्ष डा भट्टराईले भने, “जुन शक्तिका बीचमा आधारभूत नीति नै मिल्दैन, आर्थिक नीति, विदेश नीति, देशको लोकतान्त्रिक ढाँचासम्बन्धी नीति नै मिल्दैन त्यस्ता शक्ति एकै ठाउँमा बस्यो भने त्यसले क्षणिक चुनावी लाभ हुन्छ, सरकार बन्छ तर त्यसले काम गर्न सक्दैन।”

जसपा कम्युनिष्ट शक्ति नभएको भन्दै उनले लोकतन्त्रमा आधारित समाजवादलाई विश्वास गर्ने शक्ति भएकाले लोकतन्त्र र समाजवादलाई सँगसँगै लैजानुुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए।

“लोकतान्त्रिक शक्ति जसले अग्रगामी प्रगतिशील सोच राख्दछन्, त्यस्ता शक्ति बीचको गठबन्धन दिगो हुन्छ भन्ने हाम्रो बुझाइ हो”, डा भट्टराईले भने।
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १८:५२
##BaburamBhattarai
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टी विभाजन हल्ला मात्र हो
पार्टी विभाजन हल्ला मात्र हो मंगलबार, कात्तिक १९, २०८२
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु बिहीबार, कात्तिक १४, २०८२
दुई मन्त्रीको शपथ ग्रहण
दुई मन्त्रीको शपथ ग्रहण आइतबार, कात्तिक १०, २०८२
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा शनिबार, कात्तिक २, २०८२
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे शुक्रबार, कात्तिक १, २०८२
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु बिहीबार, असोज ३०, २०८२
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा मंगलबार, असोज २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
  • नंः ४ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
  • नंः ५ पार्टी विभाजन हल्ला मात्र हो
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्