Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार ४, २०७९
Sheela Sayami

–शिला सायमी

संंजोग नै रैछ, काग बस्नु र रुख धल्नु, यस्तै भएछन्, नव निर्वाचित मेयर बालेन साहलाई। कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर! सिसडोलबासीले विरोध गर्नु र बालेन साह निर्वाचित हुनु। धन्न! शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्हालिन्। समाधान त बाँकी नै छ । कस्तो राम्रो बालेनजीको योजना, छुट्टा छुट्टै फोहर उठाउने रे। कुहिने र नकुहिने।

मेयर मात्रै गतिलो पाएर पनि के गर्ने, जनताको गिद्दी नै कुहिसकेपछि । आफूलाई मन नपरेको जत्ति सडकमा फ्याक्ने बानीले गर्दा आज विश्वसामू शिरै झुकाएर हिंड्नु परेको छ-हामी नेपालीहरुले । घर आउँदा जांँदा त्यही बाटोवाट हिँड्नु पर्छ।  हामी आफ्नै नाक छोप्दै दुर्गन्ध सहँदै हिँड्नु परेको छ । गन्ध त आफ्नै नाकमा आउँछ भन्ने कुरा पनि थाहा छैन हामी भन्ने हामीलाई। यही हो, शिक्षितको परिचय?

स्कूल जाने बालकदेखि अफिस जाने हाकिमसम्म, फूटपाथ पसलदेखि ठूल्ठूला सपिङमलसम्म, पढे लेखेका  भद्र-भलाद्मीदेखि अनपढ् गंवारसम्म ! फुत्त एक पोका बाटोमा फाल्ने चलनै भैसक्यो। चाहे त्यो घरको झ्यालबाट होस्, चाहे गुडेको गाडीको झ्यालबाट या मोटर साइकलवाट। 

मान्छेमा धैर्यता नहुनुको पनि सिमा नै छैन । न त सर्वसाधारण दुई चार दिन मात्र भएपनि  घरको फोहर आफ्नै घरमा जम्मा गर्न सक्छन्, न त सिसडोलबासी नै एक महिना नयाँ मेयरलाई अवसर दिन सक्छन्। विकास त सबै चाहन्छन् तर मुखमा मात्रै रैछन्। जे–होस फोहोर त उठायो। अब त जनतामा पनि केही चेतना आउँछन कि?

ढुकुटी जति श्री ५ ले रित्याए, जंगल जति गणतन्त्रले सिध्याए । युवा जत्ति विदेश पलायन भए, बचेको जति नेताले कुम्ल्यायो। जनताको भागमा फोहरको भकारी नै थुपारिदिए । एउटा समस्या अझै थपिदियो ।

कुहिनेमा के-के पर्याे र नकुहिनेमा के के पर्छ?  साधारणतया कुहिने भन्नाले खानेकुरा, कागज र कपडा पर्छन्। नकुहिने भन्नाले प्लास्टिक फलाम र शीशा पर्छन्।  फसाद यता पो पर्याे। लत्ता कपडा कता पर्याे नि? 

अनि जुत्ता, ब्याग, सुट्केश ? सबभन्दा समस्या त महिलाको प्याड र पुरुषको कण्डम पो रैछ। जताततै फालिएको अबस्था। अझ त कागले उडाएर अर्काको कौशीमा खसाल्दा पो विजोग। विचरा दुई छिमेकी बीच भनाभन।

स्कूल र कलेजमा यौन शिक्षा दिनुपर्छ भन्छन्, यस्ता बस्तु कसरी मिल्काउने भन्ने कुरा पनि सिकाइदिए हुन्थ्यो नि। फोहर व्यवस्थापन  गर्ने कुरा सबैलाई चाहिने हो। स्कूलमा नै सिकाए झन राम्रो ।  नभए टोल टोलमा वडामार्फत सिकाउन पाएपनि हुन्थो नि। 

वास्तवमा फोहोरको मूल श्रोत नै फूटपाथ पसल र आधुनिकिकरण हो । ग्राहकलाई आकर्षक गर्न सामानहरु चाहिने भन्दा बढी सजावट र प्याकिङ गरेर बेचेको हुन्छ ।

अझ विदेशी सामान झन सुरक्षाको दृष्टिले पनि पत्र–पत्र प्लाष्टिकले प्याक गरेको हुन्छ। आजकाल बजारमा राम्रो भन्दा बढी सस्तो सामान बढी बिक्री हुन्छन्। जुन एकचोटी बिग्रियो भने बनाउन मिल्दैन। मोबाइल, टिभि, फ्रिज, पंङ्खा लगायत सामानहरु कति छन कति। 

फुटपाथकै कुरा गरौं। एक जोर चप्पलको ३०० ग्राम मानौं । फुटपाटमा बेचिने सस्तो भनेका जुत्ताहरु धेरै जसो पुराना र मक्किसकेका  हुन्छन्। यस्ता १०० जोर जुत्ता मात्रै फाल्यो भने पनि दिनको ३० किलो हुन आउछ।

अब मरुटोल कै कुरा गरुँ, तरकारी बेच्ने, फलफूल बेच्ने र फूल बेच्ने मान्छे मात्रै अन्दाजी १५० जना हुन्छन्। ती १५० जनाले दिनको १ किलो मात्रै तरकारी फालेपनि १५० किलो हुन्छन् । असनमा त्यो भन्दा बढी हुन्छ।

कालीमाटीमा त झन १०० गुना नै बढी हुन्छन् भने काठमाडौंभरिबाट कति टन तरकारीबाटै फोहोर जम्मा हुन्छन् ? लुगाफाटा, ब्याग, सुट्केस, डसना, कार्पेट, काठका सामान लगायत त बाँकी नै छन्। सजावटका सामान, बिजुलीका सामान, शिशाका सामानहरु सुरक्षाको हिसाबले पनि बढी प्याकिङ गरिएको हुन्छ।

साँच्चै भन्नुपर्दा भाग्यमानी त जन–प्रतिनिधिहरु नै रैछन् । फुटपाथबाट उठेको पैसा क्लब र वडाको आधा आधा,  दुर्गगन्ध जत्ति टोलबासीको नाकमा, अप्ठेरो जति बटुवाको धाडमा, फोहोरको भारि महानगरको काँधमाभन्दा अन्धविश्वासको आरोप लाग्छ।

पहिला प्रत्येक घरमा सागाल हुन्थे। दिनहुँ च्यामे आएर सफा गर्थे। ट्वाइलेटै नभएपनि दुर्गन्ध फैलिन्दैनथ्यो। प्लाष्टिक कागज थिएन, पराल र झारपात बाल्ने गर्थे, खरानीले भाडा माझ्थ्यो, बाँकी बारीमा हाल्थ्यो। खेती बढी भएपनि मलको कहिल्यै अभाव भएन। अन्नबाली मिठो, स्वादिलो र पोषिलो हुन्थ्यो। फाल्ने चलनै थिएन।

नयाँ लुगा पनि  टालेर लाउँथे । बचेको खानेकुरा गाई, बाख्रा, कुकुर, सुँगुरलाई दिन्थे, कुहिएको जत्ति सागालमा फाल्थे, भरे मल बन्थ्यो, अन्न बासी भयो कि जाँड तथा रक्सी बनाउन प्रयोग गरिन्थ्यो। फाल्यो भने अन्नले सराप्छ भन्ने कुराले पनि सर्वसाधारणलाई सतर्क वनाउने गर्दथ्यो । लुगाफाटा सकेसम्म टालेर वा सिलाएर लाउँथे। डसनाहरु पुरानो भयो भने मिलमा लगेर कपास जति पेलेर नयाँ कपडा मात्रै फेरेर पुन प्रयोग गर्थे। कार्पेट ओछ्याउने चलनै थिएन।

हिजोआज अलि प्वाल पर्याे कि कुनै सामान प्रयोग गर्र्दैन, फाल्ने गर्छन्। ऊ वेला नयाँ लुगा टालेर लाउँथे, आजभोलि नयाँ लुगा च्यातेर लाउँछन्। सुचिकारले सिलाएको लुगा चारगुणा बलियो हुन्थे। आजकाल रेडिमेड कपडा चार दिनमा फाट्छन्। रंग खुइलिन्छन्, चार दिनमै फलिन्छन् । अनि थुप्रिन्दैन त फोहोर। 

समय अनुसार परिवर्तन हुनुपर्छ, तर विकाससँगै जोडेर आउने विनाशको पनि ख्याल गर्नु जरुरी छ। साँच्चै भन्नुपर्दा फोहोरको व्यवस्थापन वडालाई नै दिनुपर्छ । सके हरेक वर्ष उत्कृष्ट वडालाई पुरस्कृत पनि गर्नुपर्छ। घरको फोहर घरवालाले, टोलको फोहोर वडाले, अन्य फोहोर नगरपालिकाले जिम्मा लिनुपर्छ, अनि पो बन्छ स्वच्छ, सफा र हराभरा सुन्दर शहर काठमाडौं।

-नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १३:२५
##SheelaSayami
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्