Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे समान धारणा बनाउन सांसदको जोड
स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे समान धारणा बनाउन सांसदको जोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार ५, २०७९
National Assembly of Nepal

काठमाडौ । राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसपिपीबारे अनमानसमा आशंका पैदा भएको भन्दै यसमा दलीय दोषारोपण नगरी राष्ट्रको संवेदनशीलतालाई ध्यान दिएर समाधान खोजिनुपर्ने सुझाएको हो।

साथै केही सांसदहरुले एसपिपी समावेश गर्ने कुरा कुन मितिमा भएको थियो सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति बनाउन पनि माग गरेका थिए।

सांसद अनिता देवकोटाले बहुदलीय व्यवस्थामा प्रतिपक्षको महत्वपूर्ण भूमिका हुने भन्दै सरकारलाई सचेत गराउने र खबरदारी गराउने भूमिकाप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

उनले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताका लागि सत्तापक्ष र प्रतिपक्ष दुबै जिम्मेवारी रहनुपर्छ भन्दै अहिले उठिरहेको विषयको साझा समाधान खोज्नेतर्फ ध्यानाकर्षण गराए।

“आफू सत्तामा हुँदा निर्णय गर्ने अनि प्रतिपक्षमा गएपछि दोषारोपण गर्ने प्रवृत्तिले मुलुकलाई समृद्ध बनाउन नसक्ने" उनले भने,“प्रतिपक्षमा गएपनि अलग कुरा गर्ने, यो राष्ट्र र मातृभूमिप्रति राजनीतिक बेइमानी मात्र नभई जनताप्रतिको अपमान पनि हो।”

नेपालले लिएको असंलग्न परराष्ट्र नीति, मित्रराष्टहरुको सम्बन्ध, विशिष्ठ भूराजनीतिक बनोट सामरिक संवेदनशीलताका आधारमा हामीले लिने नीति राजनीति, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधिनताका सम्बन्धमा कही दक्खल पर्न दिने छैन भनेर प्रधानमन्त्रीले स्पष्ट पारिसकेको सन्दर्भमा विशेष परिस्थितिमा सबै एक ठाउँमा आएर जिम्मेवारीपूर्ण विषयवस्तुको समाधान खोजिनुपर्ने सांसद देवकोटाको भनाइ थियो ।

सांसद भगवती न्यौपानेले प्रतिपक्षले सरकारका कमजोरीका बारेमा खबरदारी गर्दै आएको र देश तथा जनताप्रतिको न्यायका लागि सरकारको कमजोरीबारे सदनमा उठाइरहने भन्दै पाँच दलीय गठबन्धनले देशको संवेदनशील विषयमा जिम्मेवार ढङ्गले काम गर्न नसकेको आरोप लगाए।

उनले बजेट निर्माणका सन्दर्भमा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई प्रवेश गरेको छानबिन गरियोस् भनेर कुरा उठाएर छानविन समिति गठनको माग गरिएको भए पनि सुनुवाई नभएको भन्दै पुनः छानविन समिति गठन गर्न माग गरेका थिए।

सरकारका कामप्रति उठेका सवालको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने, सम्बन्धित मन्त्रीहरुले पनि जवाफ दिनुपर्छ भन्दै न्यौपानेले हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बोलेका अश्लिल शब्दले कस्तो संस्कार सिकाउने र देशको भाषा संस्कृति तथा संस्कार कतातिर जाँदैछ भन्ने प्रश्न उब्जाएको बताए।

अश्लिल शब्द प्रयोग गरेर आलेले मन्त्रीको रुपमा बस्न नमिल्ने भन्दै नैतिकताको आधारमा राजिनामा दिनुपर्ने न्यौपानेको भनाइ थियो। एसपिपीबारे प्रतिपक्षी दलको नेतालाई आरोप लगाइने गरेको भन्दै सांसद न्यौपानेले नेपाललाई एसपिपी समावेश गर्ने कुरा कुन मितिमा भएको थियो सत्य तथ्य बाहिर ल्याउन छानबिन समिति बनाउन माग गरे।

सांसद तारामान स्वारले एसपिपी प्रस्ताव कसको पालामा आयो र को बढी राष्ट्रवादी भन्ने भयो भन्ने विषय प्राथमिकता नभई एकअर्कामाथि दोषारोपण नगरी यसलाई अस्वीकार वा खारेज गर्नु उपयुक्त हुने धारणा राख्दै उनले एसपिपीबारे आम जनमानसमा आशंका पैदा भएकाले त्यसबारे स्पष्ट गरिनुपर्नेमा जोड दिए।

सांसद स्वारले सीमा क्षेत्रका नागरिकलाई राज्य र सरकार भएको विश्वास दिलाउन त्यस क्षेत्रको आर्थिक, सामाजिक विकास र आवश्यक संयन्त्रको सहजीकरण गर्न ध्यानाकर्षण गराए।

सांसद खिमलाल देवकोटाले सरकारले एसपिपीलगायत महत्वपूर्ण निर्णय लुकीछिपी अघि बढाएको आरोप लगाउँदै उनले सरकार र अदालतले पारदर्शीता अपनाउन नपर्ने हो भनी प्रश्न गर्दै सरकारका काम कारबाही जनताले अनुभूत गर्नेगरी पारदर्शी बनाउनुपर्नेमा जोड दिए।

उनले राज्यका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने र सोही अनुसारको कामको व्यवस्था गर्न सरकारसँग माग गर्दै सांसद देवकाटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधि विवादमा पर्ने, सरकारले आफ्ना सबै निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

सांसद भुवनबहादुर सुनारले सांसदले दैनिक रुपमा राखेका समसामयिक विषयप्रति सरकार जवाफदेही नभएको गुनासो गरेका थिए भने सांसद मदनकुमारी शाह (गरिमा)ले एसपिपी सम्झौताबारे सरकारले स्पष्ट पार्दै उक्त कार्यक्रममा नेपाल सहभागी नहुने पत्र सम्बन्धित मुलुकलाई लेख्नुपर्ने माग गरे।

सांसद विना पोखरेलले राज्यले लिने मूल नीति संविधान अनुरुप हुने भएकाले नेपालको सार्वभौम सत्ता र स्वाधिनता विपरितका कुनै पनि गतविधि स्वीकार्य नहुने बताएका थिए भने सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको विषयमा संसदको दुवै सदनमा उठेका विषयबारे सरकारले कुनै जवाफ नदिएर जनतालाई अलमलमा पारेको आरोप लगाए।

राज्यले लिने मूल नीति संविधानअनुरुप हुने भएकाले नेपालको सार्वभौम सत्ता र स्वाधिनताको हित अनुकूलका कुनै पनि गतविधि स्वीकार्य नहुने उनले बताए।

राष्ट्रियसभाको अर्को बैठक यही असार ६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २१:३६
##NationalAssembly
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्