Top Navigation
Main Navigation
बिहीबार, पुस १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे समान धारणा बनाउन सांसदको जोड
स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे समान धारणा बनाउन सांसदको जोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार ५, २०७९
National Assembly of Nepal

काठमाडौ । राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसपिपीबारे अनमानसमा आशंका पैदा भएको भन्दै यसमा दलीय दोषारोपण नगरी राष्ट्रको संवेदनशीलतालाई ध्यान दिएर समाधान खोजिनुपर्ने सुझाएको हो।

साथै केही सांसदहरुले एसपिपी समावेश गर्ने कुरा कुन मितिमा भएको थियो सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति बनाउन पनि माग गरेका थिए।

सांसद अनिता देवकोटाले बहुदलीय व्यवस्थामा प्रतिपक्षको महत्वपूर्ण भूमिका हुने भन्दै सरकारलाई सचेत गराउने र खबरदारी गराउने भूमिकाप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

उनले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताका लागि सत्तापक्ष र प्रतिपक्ष दुबै जिम्मेवारी रहनुपर्छ भन्दै अहिले उठिरहेको विषयको साझा समाधान खोज्नेतर्फ ध्यानाकर्षण गराए।

“आफू सत्तामा हुँदा निर्णय गर्ने अनि प्रतिपक्षमा गएपछि दोषारोपण गर्ने प्रवृत्तिले मुलुकलाई समृद्ध बनाउन नसक्ने" उनले भने,“प्रतिपक्षमा गएपनि अलग कुरा गर्ने, यो राष्ट्र र मातृभूमिप्रति राजनीतिक बेइमानी मात्र नभई जनताप्रतिको अपमान पनि हो।”

नेपालले लिएको असंलग्न परराष्ट्र नीति, मित्रराष्टहरुको सम्बन्ध, विशिष्ठ भूराजनीतिक बनोट सामरिक संवेदनशीलताका आधारमा हामीले लिने नीति राजनीति, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधिनताका सम्बन्धमा कही दक्खल पर्न दिने छैन भनेर प्रधानमन्त्रीले स्पष्ट पारिसकेको सन्दर्भमा विशेष परिस्थितिमा सबै एक ठाउँमा आएर जिम्मेवारीपूर्ण विषयवस्तुको समाधान खोजिनुपर्ने सांसद देवकोटाको भनाइ थियो ।

सांसद भगवती न्यौपानेले प्रतिपक्षले सरकारका कमजोरीका बारेमा खबरदारी गर्दै आएको र देश तथा जनताप्रतिको न्यायका लागि सरकारको कमजोरीबारे सदनमा उठाइरहने भन्दै पाँच दलीय गठबन्धनले देशको संवेदनशील विषयमा जिम्मेवार ढङ्गले काम गर्न नसकेको आरोप लगाए।

उनले बजेट निर्माणका सन्दर्भमा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई प्रवेश गरेको छानबिन गरियोस् भनेर कुरा उठाएर छानविन समिति गठनको माग गरिएको भए पनि सुनुवाई नभएको भन्दै पुनः छानविन समिति गठन गर्न माग गरेका थिए।

सरकारका कामप्रति उठेका सवालको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने, सम्बन्धित मन्त्रीहरुले पनि जवाफ दिनुपर्छ भन्दै न्यौपानेले हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बोलेका अश्लिल शब्दले कस्तो संस्कार सिकाउने र देशको भाषा संस्कृति तथा संस्कार कतातिर जाँदैछ भन्ने प्रश्न उब्जाएको बताए।

अश्लिल शब्द प्रयोग गरेर आलेले मन्त्रीको रुपमा बस्न नमिल्ने भन्दै नैतिकताको आधारमा राजिनामा दिनुपर्ने न्यौपानेको भनाइ थियो। एसपिपीबारे प्रतिपक्षी दलको नेतालाई आरोप लगाइने गरेको भन्दै सांसद न्यौपानेले नेपाललाई एसपिपी समावेश गर्ने कुरा कुन मितिमा भएको थियो सत्य तथ्य बाहिर ल्याउन छानबिन समिति बनाउन माग गरे।

सांसद तारामान स्वारले एसपिपी प्रस्ताव कसको पालामा आयो र को बढी राष्ट्रवादी भन्ने भयो भन्ने विषय प्राथमिकता नभई एकअर्कामाथि दोषारोपण नगरी यसलाई अस्वीकार वा खारेज गर्नु उपयुक्त हुने धारणा राख्दै उनले एसपिपीबारे आम जनमानसमा आशंका पैदा भएकाले त्यसबारे स्पष्ट गरिनुपर्नेमा जोड दिए।

सांसद स्वारले सीमा क्षेत्रका नागरिकलाई राज्य र सरकार भएको विश्वास दिलाउन त्यस क्षेत्रको आर्थिक, सामाजिक विकास र आवश्यक संयन्त्रको सहजीकरण गर्न ध्यानाकर्षण गराए।

सांसद खिमलाल देवकोटाले सरकारले एसपिपीलगायत महत्वपूर्ण निर्णय लुकीछिपी अघि बढाएको आरोप लगाउँदै उनले सरकार र अदालतले पारदर्शीता अपनाउन नपर्ने हो भनी प्रश्न गर्दै सरकारका काम कारबाही जनताले अनुभूत गर्नेगरी पारदर्शी बनाउनुपर्नेमा जोड दिए।

उनले राज्यका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने र सोही अनुसारको कामको व्यवस्था गर्न सरकारसँग माग गर्दै सांसद देवकाटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधि विवादमा पर्ने, सरकारले आफ्ना सबै निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

सांसद भुवनबहादुर सुनारले सांसदले दैनिक रुपमा राखेका समसामयिक विषयप्रति सरकार जवाफदेही नभएको गुनासो गरेका थिए भने सांसद मदनकुमारी शाह (गरिमा)ले एसपिपी सम्झौताबारे सरकारले स्पष्ट पार्दै उक्त कार्यक्रममा नेपाल सहभागी नहुने पत्र सम्बन्धित मुलुकलाई लेख्नुपर्ने माग गरे।

सांसद विना पोखरेलले राज्यले लिने मूल नीति संविधान अनुरुप हुने भएकाले नेपालको सार्वभौम सत्ता र स्वाधिनता विपरितका कुनै पनि गतविधि स्वीकार्य नहुने बताएका थिए भने सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको विषयमा संसदको दुवै सदनमा उठेका विषयबारे सरकारले कुनै जवाफ नदिएर जनतालाई अलमलमा पारेको आरोप लगाए।

राज्यले लिने मूल नीति संविधानअनुरुप हुने भएकाले नेपालको सार्वभौम सत्ता र स्वाधिनताको हित अनुकूलका कुनै पनि गतविधि स्वीकार्य नहुने उनले बताए।

राष्ट्रियसभाको अर्को बैठक यही असार ६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २१:३६
##NationalAssembly
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ शुक्रबार, मंसिर २७, २०८२
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली शुक्रबार, मंसिर २७, २०८२
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? मंगलबार, मंसिर २४, २०८२
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका बुधबार, मंसिर १८, २०८२
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु सोमबार, मंसिर १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
  • नंः ५ आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्