Top Navigation
Main Navigation
मंगलबार, भदौ ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • क्यानडा जाने राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई
क्यानडा जाने राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार १३, २०७९
National Cricket Team

काठमाडौ । विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई  गरिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै टोलीलाई बिदाई गरेको हो ।

नेपालले क्यानडासँग दुई वटा एकदिवसीय क्रिकेट खेल्नेछ भने क्यानडाको स्थानीय क्लबसँग पनि एक खेल खेल्ने कार्यक्रम तय भएको छ। क्यानडा भ्रमण सकिएलगत्तै नेपाली टोली त्यहीँबाट स्कटल्यान्ड जानेछ।

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ।

Nepal Oil Corporation

विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौ स्थानमा छ । नेपालले यसअघि खेलेको १६ खेलमा ७ खेलमा जीत, ८ खेलमा हार र १ खेल बराबरीसहित १५ अङ्क जोडेको छ ।

स्कटल्यान्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । २० खेल खेलेको स्कटल्यान्ड २८ अङ्कका साथ दोस्रो स्थानमा छ । १४ खेल खेलेको नामिविया अङ्क तालिकाको छैठौं स्थानमा छ । नामिवियाले ७ खेलमा जीत तथा ७ खेलमा हार बेहोरेको छ ।

बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिग दुईअन्तर्गत स्कटल्यान्डसँगको खेल चुनौतीपूर्ण रहेको भन्दै खेलाडीलाई राम्रो गर्न शुभकामना दिए।

त्यस्तै कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्यान्डको जस्तै हुने भएकाले यस भ्रमणले लिग–२ का लागि उपयोगी हुने बताए। उनले क्यानडामा टिम बलियो बनाएर स्कटल्यान्ड जानेसमेत उल्लेख गरे।

क्यानले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ।

नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी छन्।

नेपाली टोली भोलि बिहान २ बजे क्यानडा जाँदैछ ।
 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १९:३४
##NationalCricketTeam
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
लाेकप्रिय समाचार
  • नंः १ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः २ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
  • नंः ३ नेपालकाे पहिलाे महिला सरकार प्रमुख बनिन् सुशीला कार्की
  • नंः ४ अन्तरिम सरकार नेतृत्वका लागि निर्णायक वार्ता
  • नंः ५ अन्तरिम सरकार गठन विषयउपर छलफल
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्