Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री देउवा
उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री देउवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार १४, २०७९
Pokhara Univercity
Api Himal

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताएको छ।

पोखरा विश्वविद्यालयको २२औँ साधारण सभाको प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षता गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई देशको आवश्यकतामुखी, रोजगारमुखी, व्यवहारिक र गुणस्तरीय बनाउन सरकार दृढ रहेको बताएको हो ।

शैक्षिक क्षेत्रमा देखिएका विसङ्गतिको अन्त्य गर्दै शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरकारको पूर्ण सहयोग रहने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका हुन्।

सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्च शिक्षाको एउटा गहना रहेकाले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डोर्याउन यसको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

Nepal Oil Corporation

मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने उल्लेख गर्दै उनले यसका लागि विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहनेमा जोड दिए।

दक्ष जनशक्ति उत्पादन गरी शिक्षित बेरोजगार अन्त्य गर्ने संस्था भनेका विश्वविद्यालय नै रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्र अस्तव्यस्त र दिशाहीन बनेमा यसको घाटा हामी स्वयम् र मुलुकलाई नै हुने बताएका छन्।

सकारात्मक सोच लिएर विश्वविद्यालयको विकास र विस्तारमा सबैले साथ सहयोग दिनुपर्नेमा जोड दिँदै उनले विश्वविद्यालयले पनि स्थानीय सरकार, महानगरपालिकसँग समन्वय गरी अगाडि बढ्न सकेमा यसले गति लिने बताए।

सभामा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम तथा रजिष्टार डा दीपकबहादुर भण्डारीले बजेट प्रस्तुत गरेका थिए। सभाले आर्थिक वर्ष २०७९/८० को लागि कूल १ अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ ।

स्वीकृत बजेटमा पुँजीगत खर्चतर्फ ६४ करोड ३ लाख ५७ हजार र साधारणतर्फ ८१ करोड ९६ लाख ४३ हजार रहेको छ। सभाले विश्वविद्यालयको सम्बन्धन प्राप्त महाविद्यालयलाई बढीमा दुई कार्यक्रम÷समूह प्रतिस्थापन तथा थप गर्ने गरी महाविद्यालयलाई सङ्काय विशिष्टीकरण गर्ने विश्वविद्यालयको नीतिलाई परिमार्जन गरी सम्बन्धित महाविद्यालय÷कलेजलाई स्वेच्छिक अवसर दिई सोको बाँकी प्रक्रिया अगाडि बढाउन स्वीकृत गरेको छ।

त्यस्तै दश वर्षदेखि रोकिएको नयाँ महाविद्यालयको सम्बन्धन प्रक्रियालाई समेत सभाले खुला गर्ने नीति अवलम्बन गरेको छ र मौजुदा सम्बन्धन शुल्कमा समेत परिवर्तन गरिएको छ ।

सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्न स्वीकृति प्रदान गर्दै विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८औँ साधारण सभाको बैठकबाट भएको निर्णयबमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ ।

आव २०७९/८० को नीति तथा कार्यक्रममा विश्वविद्यालयले भौतिक निर्माण र पूर्वाधार विकासमा जोड दिएको छ। पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका साथै केन्द्रीय कार्यालय प्रशानिक भवनमा दुई तला थप, परीक्षा नियन्त्रण कार्यालयको लागि थप भवन निर्माण, मुँसेटुडामा रहेको जग्गाको विस्तृत गुरूयोजनाअनुसार पाँच हजार विद्यार्थी पठनपाठन गर्ने क्षमताका प्राज्ञिक भवन तथा शैक्षिक भवन निर्माण र तिनलाई चाहिने आवश्यक पूर्वाधार निर्माणको गुरूयोजनाका लागि बजेट विनियोजन गरेको छ ।

सभाले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले सरकारको नीतिअनुरूप मेडिकल कलेजको सञ्चालन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

विभिन्न सङ्कायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहका आङ्गिक कार्यक्रमको सबलीकरण हेतु सरकार, सरोकारवाला एवं स्थानीय निकायको सहभागितामा भूगोलको विशेषता र सम्भाव्यताको अध्ययन गरेर सातवटै प्रदेशमा आवश्यकताअनुसार आङ्गिक महाविद्यालय विस्तार गर्ने भएको छ।

सभाले पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त महाविद्यालयलाई आवश्यकतानुसार सामुदायिक तथा निजी महाविद्यालयको रूपमा वर्गीकरण गर्ने र सामुदायिक महाविद्यालयको सञ्चालनलाई स्थानीय सरकार र सङ्घसंस्थाको सहयोगमा मुनाफारहित महाविद्यालयको रूपमा व्यवस्थित गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको छ।

पोखरा विश्वविद्यालयले दिने छात्रवृत्तिलाई सरकारले अवलम्बन गरेको नीति अनुरूप योग्यता र समावेशीताका आधारमा वर्गीकरण गरी छात्रवृत्ति प्रदान गर्ने आधार निर्माण गरिने बताइएको छ। 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २२:०६
##PokharaUnivercity
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप स्वास्थ्य-शिक्षा
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस् बिहीबार, जेठ २३, २०८२
७४ वर्षिया आमाले दिइन् परीक्षा
७४ वर्षिया आमाले दिइन् परीक्षा आइतबार, वैशाख २१, २०८२
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी बिहीबार, वैशाख ११, २०८२
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ बिहीबार, वैशाख ११, २०८२
विरामी जाँच्न छाेडेर चिकित्सकहरू आन्दोलनमा
विरामी जाँच्न छाेडेर चिकित्सकहरू आन्दोलनमा मंगलबार, वैशाख ९, २०८२
शिक्षकहरु आन्दोलनमा, सामुदायिक स्कूलमा ताला
शिक्षकहरु आन्दोलनमा, सामुदायिक स्कूलमा ताला आइतबार, वैशाख ७, २०८२
वायु प्रदुषण अत्यन्त्यै हानिकारक छ
वायु प्रदुषण अत्यन्त्यै हानिकारक छ बुधबार, चैत २७, २०८१
अब रोबोर्टको निर्देशनमा सर्जरी ?
अब रोबोर्टको निर्देशनमा सर्जरी ? सोमबार, चैत २५, २०८१
शिक्षक आन्दोलन : विगतका सम्झाैता कार्यान्वयन गर
शिक्षक आन्दोलन : विगतका सम्झाैता कार्यान्वयन गर शुक्रबार, चैत २२, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्