Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री देउवा
उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री देउवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार १४, २०७९
Pokhara Univercity

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताएको छ।

पोखरा विश्वविद्यालयको २२औँ साधारण सभाको प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षता गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई देशको आवश्यकतामुखी, रोजगारमुखी, व्यवहारिक र गुणस्तरीय बनाउन सरकार दृढ रहेको बताएको हो ।

शैक्षिक क्षेत्रमा देखिएका विसङ्गतिको अन्त्य गर्दै शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरकारको पूर्ण सहयोग रहने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका हुन्।

सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्च शिक्षाको एउटा गहना रहेकाले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डोर्याउन यसको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने उल्लेख गर्दै उनले यसका लागि विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहनेमा जोड दिए।

दक्ष जनशक्ति उत्पादन गरी शिक्षित बेरोजगार अन्त्य गर्ने संस्था भनेका विश्वविद्यालय नै रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्र अस्तव्यस्त र दिशाहीन बनेमा यसको घाटा हामी स्वयम् र मुलुकलाई नै हुने बताएका छन्।

सकारात्मक सोच लिएर विश्वविद्यालयको विकास र विस्तारमा सबैले साथ सहयोग दिनुपर्नेमा जोड दिँदै उनले विश्वविद्यालयले पनि स्थानीय सरकार, महानगरपालिकसँग समन्वय गरी अगाडि बढ्न सकेमा यसले गति लिने बताए।

सभामा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम तथा रजिष्टार डा दीपकबहादुर भण्डारीले बजेट प्रस्तुत गरेका थिए। सभाले आर्थिक वर्ष २०७९/८० को लागि कूल १ अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ ।

स्वीकृत बजेटमा पुँजीगत खर्चतर्फ ६४ करोड ३ लाख ५७ हजार र साधारणतर्फ ८१ करोड ९६ लाख ४३ हजार रहेको छ। सभाले विश्वविद्यालयको सम्बन्धन प्राप्त महाविद्यालयलाई बढीमा दुई कार्यक्रम÷समूह प्रतिस्थापन तथा थप गर्ने गरी महाविद्यालयलाई सङ्काय विशिष्टीकरण गर्ने विश्वविद्यालयको नीतिलाई परिमार्जन गरी सम्बन्धित महाविद्यालय÷कलेजलाई स्वेच्छिक अवसर दिई सोको बाँकी प्रक्रिया अगाडि बढाउन स्वीकृत गरेको छ।

त्यस्तै दश वर्षदेखि रोकिएको नयाँ महाविद्यालयको सम्बन्धन प्रक्रियालाई समेत सभाले खुला गर्ने नीति अवलम्बन गरेको छ र मौजुदा सम्बन्धन शुल्कमा समेत परिवर्तन गरिएको छ ।

सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्न स्वीकृति प्रदान गर्दै विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८औँ साधारण सभाको बैठकबाट भएको निर्णयबमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ ।

आव २०७९/८० को नीति तथा कार्यक्रममा विश्वविद्यालयले भौतिक निर्माण र पूर्वाधार विकासमा जोड दिएको छ। पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका साथै केन्द्रीय कार्यालय प्रशानिक भवनमा दुई तला थप, परीक्षा नियन्त्रण कार्यालयको लागि थप भवन निर्माण, मुँसेटुडामा रहेको जग्गाको विस्तृत गुरूयोजनाअनुसार पाँच हजार विद्यार्थी पठनपाठन गर्ने क्षमताका प्राज्ञिक भवन तथा शैक्षिक भवन निर्माण र तिनलाई चाहिने आवश्यक पूर्वाधार निर्माणको गुरूयोजनाका लागि बजेट विनियोजन गरेको छ ।

सभाले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले सरकारको नीतिअनुरूप मेडिकल कलेजको सञ्चालन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

विभिन्न सङ्कायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहका आङ्गिक कार्यक्रमको सबलीकरण हेतु सरकार, सरोकारवाला एवं स्थानीय निकायको सहभागितामा भूगोलको विशेषता र सम्भाव्यताको अध्ययन गरेर सातवटै प्रदेशमा आवश्यकताअनुसार आङ्गिक महाविद्यालय विस्तार गर्ने भएको छ।

सभाले पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त महाविद्यालयलाई आवश्यकतानुसार सामुदायिक तथा निजी महाविद्यालयको रूपमा वर्गीकरण गर्ने र सामुदायिक महाविद्यालयको सञ्चालनलाई स्थानीय सरकार र सङ्घसंस्थाको सहयोगमा मुनाफारहित महाविद्यालयको रूपमा व्यवस्थित गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको छ।

पोखरा विश्वविद्यालयले दिने छात्रवृत्तिलाई सरकारले अवलम्बन गरेको नीति अनुरूप योग्यता र समावेशीताका आधारमा वर्गीकरण गरी छात्रवृत्ति प्रदान गर्ने आधार निर्माण गरिने बताइएको छ। 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २२:०६
##PokharaUnivercity
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्