Top Navigation
Main Navigation
मंगलबार, असार २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्छ : मन्त्री गहतराज
अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्छ : मन्त्री गहतराज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन ५, २०७९

काठमाडाै । ‘नेपालले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नु पर्छ, १९औं एशियाली खेलकुदको तयारीका लागि एक बर्ष छ यो हाम्रो लागि तयारी गर्ने सुखद अवसर हो’ युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले १९औं एशियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका अवसरमा बताएका हुन् ।

minister gahatraj1658371271.jpg

सुखद नतिजाका लागि अहिले विनियोजित तयारी बजेटलाई बढाउन सकिने उनले बताए । सिंहदरवारले खेल नवुझेको भन्दै खेल एक विज्ञान भएको र खेल शिक्षामा परिवर्तन गर्दै स्कूलस्तरबाट नै खेलकुदलाई विकास गर्नु पर्ने भन्दै सिंहदरवारलाई खेल बुझाउनु पर्ने बताए थिए।

खेल विश्वविद्यालयको स्थापना गर्दै खेलाडी उत्पादन गर्नेतर्फ सोच अगाडी बढेको बताउँदै खेल विकासका लागि सातै प्रदेशमा अन्तर्राष्ट्रिय खेल मैदान बनाउने सोचले आगाडी बढेको र भएका पूर्वाधारलाई प्राथमिकताकासाथ अगाडी बढाउने लक्ष रहेको बताएका थिए ।

Nepal Oil Corporation

Asian Bodybulding61658371420.jpg

खेलाडीको मनोवल बढाउने उद्धेश्यले पुरस्कार सम्मान बढाउनेतर्फ अग्रसर रहेको र राष्ट्रबाट प्रदान गरिने पदकहरु खेलाडी र प्रशिक्षकहरुले प्राप्त गर्ने आधार तयार गरिने र खेलाडीले आगामी दिनमा पदक हासिल गरेवापत कसैको निगाहबाट नभई कानूनी प्रावधान बनाएर पुरस्कार राशीको निर्धारण गरिने बताए थिए ।

मन्त्री गहतराजले एशियन गेममा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले ३२ लाख ५० हजार, रजत १९ लाख ५० हजार र कास्य पदकलाई १३ लाख प्राप्त गर्ने कानूनत रुपमा निर्णय हुने र अन्य प्रतियोगितामा पनि त्यही अनुरुप प्राप्त गर्न सक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक मन्त्री एवम् नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले एशियाली खेलकुदमा अहिलेसम्म अपेक्षित सुखद नतिजा नभएको भन्दै अहिलेको प्रशिक्षण सुखद नतिजातर्फ अग्रसर हुने र त्यसका लागि खेलाडीहरुले पनि गम्भिर भएर लाग्नु पर्ने भनाई थियाे ।

मन्त्री श्रेष्ठले राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका थिए।

परिषदका उपाध्यक्ष शिव कोईरालाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने क्रममा हरेक विजयहरु थकाई मार्नका मात्र होईन नयाँ उचाई लिनका लागि पनि हो ।

Asian Bodybulding21658371363.jpg

यस पुनर्ताजगी कार्यक्रमले खेलाडीहरुलाई अझ खारिएर अगाडी बढाउन सक्षम हुने भन्दै परिषदले सोचेको परिणाम खेलाडीहरुले दिनेमा बिश्वस्त रहेको बताए । उनले खेलाडीहरुलाई पदक हासिल गरेर यो भन्दा भब्य कार्यक्रममा सरिक भएको हेर्न चाहेको बताएका थिए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एशियन गेममा नेपाली खेलाडीहरुले सुन्दर परिणाम प्राप्त गर्नेमा विस्वस्त रहेको बताए थिए भने नेपाली खेलाडीहरु हरेक समय सेना जस्तै तयारी अवस्थामा रहनु पर्ने भन्दै त्यसैका लागि अहिलेको प्रशिक्षण सुरु भएको हो राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका थिए ।

Asian Bodybulding71658371658.jpg

उनले एशियन गेमका लागि अझै १ बर्ष बढि बाँकी रहेको भन्दै यो समयमा विभिन्न प्रतियोगिता आयोजना हुने भन्दै खेलाडी त्यसका लागि सदा तयार रहनु पर्ने बताए ।

खेलाडीहरुले १४ महिना नभई १४ सेकेण्ड बाँकी छ भनेर प्रशिक्षणमा लाग्नु पर्ने उनले बताए । उनले एशियाली खेलकुदका लागि यो छनौट नै अन्तिम नभएको भन्दै विभिन्न चरणका छनौट पार गरेर एशियन प्रतियोगितामा सुखद नतिजा प्राप्त गर्ने खेलाडीको छनोट हुने बताए थिए।

विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराउने भन्दै त्यसबाट प्राप्त नतिजालाई आधार बनाउँदै अन्तिम छनौट गरिने र निरन्तर प्रशिक्षण सञ्चालन हुने बताए ।

१९औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका खेलाडीहरुका लागि पुनर्ताजगी कार्यक्रमका अवसरमा रात्री भोजको पनि आयोजना गरिएको थियो ।

उमेशले जोडे नेपालका लागि रजत पदक

नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जित्न सफल भएका छन् । उनले मालदिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए।

Asian Bodybulding51658371042.jpgआठ खेलाडी सहभागि सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए । यस अघि फिटनेस फिजिक तर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजुराईले नेपालका लगि कास्य पदक प्राप्त गरेका थिए।

तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिला तर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैठौं स्थान हात पार्न सफल भएको व्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले मालदिभ्सबाट जानकारी गराए ।

Asian Bodybulding31658371179.jpg

खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत व्यवस्थापक राजभण्डारीले बताए ।

Asian Bodybulding41658371455.jpg

यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५औं एशियन शारिरीक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेशबाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रतियोगितामा भारतका एतीनदर सिंहले मि. एशियाको उपाधि जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको व्यवस्थापक राजभण्डारीले जानकारी गराए ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०८:०५
##asianbodybulding
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ४ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ५ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्