काठमाडौ । नेपाली कांग्रेस निकट संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएको छ ।
विजयी लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत मात्र प्राप्त गरेको थियो ।
युनियनको हेटौँडामा सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा १ हजार ६७९ मतदातामध्ये १ हजार ३९७ मत खसेको थियो ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा,उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी भएको छ ।
युनियनको महासचिवमा दिलीप पौडेल र कोषाध्यक्ष माधव धिताल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ०८:५८