Top Navigation
Main Navigation
शुक्रबार, भदौ २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, भदौ २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल  
नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ९, २०७९

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताएको छ ।

नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उनले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताएको हो ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात बर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलाले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताएका हुन् । यो असमानता भएको पनि उनको भनाई थियो ।

अर्को सन्दर्भमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरुले राष्ट्रिय स्वाभिमान गिराएको पनि धारणा राखेका थिए।

Nepal Oil Corporation

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको दिल्ली भ्रमणप्रति लक्षित गर्दै महासचिव पोखरेले यस्तो बताएको हो । प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिंड्नेहरु नै अहिले प्रतिगमनको बाटो हिंडिरहेको बताए ।

केपी ओली नेतृत्वको सरकार हुँदा मुलुकमा शोधनान्तर स्थिति राम्रो अवस्थामा रहेको, विदेशी मुद्राको सञ्चिति ११ महिनाको बस्तु आयात धान्न सक्ने अवस्थामा रहेको भन्दै उनले अहिले शोधनान्तर स्थिति कमजोर भएको, बस्तु आयात गर्न विदेशी मुद्राको सञ्चिति केवल ६ महिनालाई मात्र पुग्ने अवस्थामा झरेको भन्दै अर्थव्यवस्थालाई कमजोर बनाइएको बताए।

वर्तमान गठवन्धनले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक अवस्था कोभिडकालमा भन्दा कमजोर भएको उनको विश्लेषण थियो ।

केशरजंग रायमाझी गद्दार हुन् भन्ने विषयमा सवैको एकमत रहेको स्मरण गर्दै नेपाली काँग्रेससँग संघर्ष गर्नुपर्नेहरु नेपाली काँग्रेससँग नै मिल्न जाँदा त्यो गद्दारी हो वा होइन भनेर पनि उनले प्रश्न गरेका थिए। 

जसका विरुद्द लड्न भनेर जनमत प्राप्त गर्यो, त्यसैको सेवामा जुट्न गएकाहरुले जनमतको अपमान गरेको उनको भनाई थियो ।

नेपाली काँग्रेसलाई मकैबारीमा उम्रिएको झारसँग तुलना गर्दै महासचिव पोखरेलले त्यस्तो झार उम्रिन कुनै मेहनत आवश्यक नरहेको धारणा राखेका थिए। 

त्यस्तो झारले मकैलाई हानी पुर्याउने भएका कारण गोडमेल गरेर फ्याँक्ने गरिएको भन्दै राजनीतिको त्यस्ता झारहरुलाई पनि आगामी निर्वाचन मार्फत फ्याक्नु पर्ने उनको भनाई थियो ।

नेपालमा नेकपा एमालेको सरकारले शुरु गरेको सामाजिक सुरक्षाको अवधारणा विस्तार हुँदै गएकोमा अहिले त्यसलाई संकुचित बनाउन खोजिएकाले त्यसका विरुद्दमा जनताको विचमा पुगेर जानकारी गराउन पनि महासचिव पोखरेलले आग्रह गरेका छन् ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा शुरु गरिएको ज्येष्ठ नागरिकका लागि भत्ताको व्यवस्था अहिले वृद्दि हुँदै ४ हजार पुगेको छ । नेकपाकै नेतृत्वको सरकारले अगाडी बढाएको स्वास्थ्य बीमा कार्यक्रमलाई वर्तमान सरकारले असफल बनाउन खोजिरहेको छ ।

यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रति पनि वर्तमान सरकारको खासै चासो देखिएको छैन । त्यसका विरुद्दमा नेकपा एमाले उभिने उनको भनाई थियो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन पनि क्रान्ति नै भएकोले आगामी निर्वाचनलाई चुनौतिका रुपमा लिएर त्यसमा सफल हुनेगरी अगाडी बढ्न नेकपा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आव्हान गरेका छन् । 

महासचिव पोखरेलले समाज वदल्ने हो भनें चुनावलाई प्रतिष्ठाको विषय बनाउनु पर्ने भन्दै वर्ग संघर्षको मोर्चा अहिले चुनावी मोर्चामा फेरिएको बताएका थिए।

स्थानीय तहको निर्वाचनको परिणामले सांगठनिक अराजकता र दक्षिणपन्थी अवसरवाद नेकपा एमालेमा पनि केहि मात्रामा भएपनि देखिएको भन्दै त्यसलाई आगामी निर्वाचनमा निमिट्यान्न पार्नुपर्ने महासचिव पोखरेलको भनाई थियो । 

व्यक्तिका लागि नभई पार्टीको तर्फबाट निर्वाचनमा होमिनु पर्ने भन्दै उनले सूर्य ध्वजावाहक उम्मेदवार हार्दा पार्टी हार्ने र आफूले पनि हार्ने कुरालाई मनन गरेर सोही अनुरुप निर्वाचनमा जुट्न उनले निर्देशन दिएका छन् ।

नेकपा एमालेका महासचिव पोखरेलले अहिलेको नेपाली राजनीति श्रमजीवि पक्षिय नरहेको भन्दै श्रम गर्नेहरु भन्दा श्रम खानेहरु सम्मानित अवस्थामा रहेको बताए ।

जवसम्म यो परिस्थिति परिवर्तन हुँदैन तवसम्म राज्यले उन्नती गर्न नसक्ने उनको भनाई थियो । पूँजिवादले एकपटकको श्रमिक सँधैको श्रमिक बनाउन चाहने भन्दै सर्वहारा वर्ग जन्माउने नै पूँजिवादले हो भनेका थिए ।

आजको श्रमिक भोलिको रोजगारदाता र उद्यमी हुन सक्ने भन्दै त्यसमा राज्यले मद्दत गर्नुपर्ने र राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने महासचिव पोखरेलले बताएका थिए ।

नेपालको राजनीति सही बाटोमा नरहेको भन्दै महासचिव पोखरेलले तीन वटा ठूला राजनीतिक परिवर्तन पछि पनि अवस्था नेकपा एमालेले चाहेजसरी सही ठाउँमा आइनपुगेको धारणा राखेका थिए ।

नेकपालाई बलियो पार्टी बनाउन खोजिए पनि त्यो केवल मोर्चा जस्तो मात्र बनेको र मोर्चाले विश्वका कुनै पनि देशमा परिवर्तन नभएको विचार प्रकट गरे ।

श्रमजीवि वर्गलाई संगठित गर्दै, एकतावद्द गर्दै सवै श्रमजीवि वर्गको साझा संगठनका रुपमा जिफन्टलाई लैजानु पर्ने उनले बताए ।

असंगठित रुपमा रहेकाहरुलाई संगठित गर्न, अनौपचारिक क्षेत्रका श्रमिकलाई श्रम आन्दोलनमा अझ बलियोसँग जोड्न आवश्यक रहेको उनको भनाई थियो ।

ह्वाईट कलर र व्लू कलरका नाममा श्रमिकलाई विभाजित गर्ने काम गरिएको भन्दै उनले अलग अलग कित्तामा विभाजित हुँदा त्यसले श्रम आन्दोलनलाई कमजोर बनाउने धारणा राखेका थिए ।

जिफन्टलाई यसबीचमा विभाजन गर्ने प्रयास गरिएपनि एकढिक्का राख्न सकेकोमा उनले धन्यवाद पनि दिए । नेकपाको एकताका वावजूद परिस्थितिको आँकलन गरेर जिफन्टलाई छुट्टै संगठनका रुपमा राखेर विभाजन हुन नदिई यसको नेतृत्वले दुरदर्शी काम गरेको भन्दै महासचिव पोखरेलले प्रशंसा पनि गरे ।

बन्द सत्रमा जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले आगामी चार बर्षको लागि नीतिगत प्रस्ताव, उपाध्यक्ष रमेश बडालले विधान संशोधनको प्रस्ताव, उपाध्यक्ष विदुर कार्कीले आगामी कामको प्रस्ताव तथा महासचिव जनक चौधरीले चार वर्षको साँगठनिक प्रस्ताव टेवुल गरेको महाधिवेशनमा देशभरीबाट जिफन्टका झण्डै ५ सय प्रतिनिधि सहभागि छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:४४
##Shankarpokhrel
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
अन्तरिम सरकार गठन विषयउपर छलफल
अन्तरिम सरकार गठन विषयउपर छलफल शुक्रबार, भदौ २७, २०८२
अन्तरिम सरकार नेतृत्वका लागि निर्णायक वार्ता
अन्तरिम सरकार नेतृत्वका लागि निर्णायक वार्ता बिहीबार, भदौ २६, २०८२
नेपालकाे सुरक्षा व्यवस्था सेनाकाे काँधमा
नेपालकाे सुरक्षा व्यवस्था सेनाकाे काँधमा बुधबार, भदौ २५, २०८२
Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश मंगलबार, भदौ २४, २०८२
आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ? सोमबार, भदौ २३, २०८२
एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो
एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो आइतबार, भदौ २२, २०८२
लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली
लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली शुक्रबार, भदौ २०, २०८२
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन शुक्रबार, साउन ३१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः २ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ३ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
  • नंः ४ काठमाण्डूको इन्द्रजात्रा
  • नंः ५ अन्तरिम सरकार नेतृत्वका लागि निर्णायक वार्ता
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्