Top Navigation
Main Navigation
बिहीबार, जेठ १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, जेठ १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अब पर्यटकले ‘माइ होटल एण्ड होम डटकम’ क्लिक गरे पुग्ने
अब पर्यटकले ‘माइ होटल एण्ड होम डटकम’ क्लिक गरे पुग्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १९, २०७९
Tourist

काठमाडौ । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज गर्न देशभरका प्रमुख सहरमा यात्रामा जानुअगावै सजिलै होटल बुकिङ गर्नका लागि दुई युवाले ‘माइ होटल एण्ड होम डटकम’ बेवसाइटको विकास गरेका छन् ।

मोबाइल फोन वा कम्प्युटरबाट उक्त बेवसाइट लग इन गरेर आफूले चाहेको मूल्य र स्तरको होटल सहजै बुकिङ गर्न सकिनेछ ।

होमस्टे, होस्टेल, अपार्टमेण्ट वा घरको कोठा पनि बुकिङ गर्न सकिने सुविधा रहेको यसमा सुरुमा उच्च, मध्यम र साना खालका होटलका कोठा बुकिङ गर्न सकिने गरी सेवा सुरु गरिएको होटल एण्ड होम प्रा लि का प्रबन्ध निर्देशक उत्सव पाठकले बताएका हुन् ।

“पर्यटकलाई यात्रामा निस्कनु अघि ढुक्क भएर बस्ने ठाउँको सुनिश्चित गर्न यसले सहयोग गर्छ, सजिलै, बिना झण्झट र होटल नपाएर रुमल्लिनुपर्ने अवस्थाको यसले अन्त्य गर्छ”, प्रबन्ध निर्देशक पाठकले भने ।

यसमा होटलको बारेमा परिचय, कोठा अनुसारको मूल्य, कोठाको सजावट, ओछ्यान, फर्निचर, टेलिभिजन, वाइफाइ, कतिजना सुत्न सक्ने, सेवाका शर्त, शौचालय लगायत बारे तथा बास बस्ने स्थान वरिपरिको घुम्ने ठाउँको समेत सङ्क्षिप्त विवरण दिइएको छ ।

रेल, हवाई, बैंक, अस्पताल लगायतका क्षेत्रमा ई बुकिङको संस्कृति मौलाइरहेको बेला डेढ वर्ष लगाएर यो वेभको विकास गरिएको होटल एण्ड होम प्रालिका अध्यक्ष सफ्टवेयर इन्जिनियर शैलेश कार्कीले बताए ।

सुरुमा परीक्षणका रुपमा रहेकाले अनलाइन बुकिङमा अहिले १० प्रतिशत छुट दिइएको छ । “धेरै प्रकारका होटल हेरेर पर्यटकले चाहेको मूल्यका होटल रोज्न सक्छन्, होटलको सेवा, शर्तबारे क्षणभरमा थाहा पाउन सकिन्छ”, अध्यक्ष कार्कीले भने।

हालसम्म काठमाडौँ, भक्तपुर, नगरकोट, धुलिखेल, चितवन, बन्दीपुर, घान्द्रुक, लुम्बिनी, बुटवल, पोखरा, चरीकोट लगायतका प्रमुख पर्यटकीय सहरका तीनसय होटल यसमा आबद्ध भएको र यो क्रम जारी रहेको उनले जानकारी दिए। यसको एप्स भने दशैँपछि सार्वजनिक गर्ने योजना पाठक र कार्कीको रहेको छ  ।

खासगरी नयाँ वर्ष, क्रिसमस, मेला महोत्सव वा ठूला सम्मेलन र सभामा कोठा पाउन असजिलो र झण्झटिलो हुने गरेको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालभरिका प्रमुख पर्यटकीय गन्तव्यमा होटलमा कसरी बास पाउने भन्ने चिन्ताले पिरोल्ने गर्छ ।

“एक क्लिकमा ढुक्कले बास पाउने अवस्था होस् भनेर यो सेवा सुरु गरेका हौँ, यसबाट पर्यटकलाई सहज हुन्छ, नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गर्दैछौँ”, अध्यक्ष कार्कीले भने ।  
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १२:३०
##Tourist
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि
  • नंः ३ पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
  • नंः ४ कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
  • नंः ५ उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
विचार
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शारदा बजगाईँ
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्