Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लघु कथा : हतार
लघु कथा : हतार
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, साउन २८, २०७९

पूर्णवहादुरले आमाको कोखबाट हतारिँदै पृथ्वीमा आएको धेरै भएको थिएन । उसको आमा बा लाई उसको न्वारन र पास्नी गर्न हतार भइहाल्यो । अनि राम्रोसँग जवान हुन नपाउँदै फेरी उसको आमा बा उसको ब्रतबन्ध गर्न हतारिए । त्यसलगत्तै छिटो छिटो अग्लिँदै गएको पूर्णवहादुरलाई घरपरिवारको दवाब आएपछि आफ्नो खुट्टामा उभिन हतार भयो । अनि सानोतिनो काममा दक्षता हासिल गरेको मात्रै के थियो उसले हतारमा विवाहको प्रस्ताव पनि उसमाथि सबैले थोपरिदिए । यद्यपी पूर्णवहादुर पनि विवाहको लागि नहतारिएका भने थिएनन् । यौवनको उन्मादले ।

विवाहपश्चात पूर्णवहादुरलाई सुहागरातमा बल्ल आफू पूर्ण भए झैं लागेछ । त्यसपछि मानव सभ्यताको निरन्तरतामा जुटेको पूर्णवहादुरले सृष्टिको जगेर्नाका लागि इट्टा थप्दै जाँदा उसको घरमा दुई छोरा र एउटी छोरी नयाँ पाहुना बनेर आए । तर यो खुशीले उसलाई राम्रोसँग पूर्णरुपले छुन सकेन । यहीवेला उसको श्रीमतीको क्यान्सरका कारण निधन भएपछि । लगत्तै अर्को विवाह गर्न कैयौं दबाब आउँदा पनि पूर्णवहादुर छोराछोरीले सौतेनी आमाको दुव्र्यवहार खेप्न नपरोस् भनेर राजी भएनन् ।

अनि पूर्णवहादुर आफ्ना पुर्खाले झैं आफ्नो सन्तानकोे न्वारन, पास्नी र ब्रतबन्ध गर्दै विवाह गरिदिन पनि हतारिए । त्यसपछि बाली काटेको किसान जस्तै दङ्ग परेका पूर्णवहादुर नाती नातिनीको अनुहार हेर्दै खुशीले आफ्ना बा आमालाई आफूले गरेको राम्रो व्यवहार जस्तै व्यवहार आफ्ना सन्तानबाट पनि पाउने भरोशा गर्दै रमाउँन थाले ।

यसरी खुशीका साथ जीवन विताइरहेका निकै नै आशावादी पूर्णवहादुरको घरपरिवारको खुशीका लागि मात्र नभई अन्य चाहानाहरु पनि धेरै थिए । तर घरपरिवारको सन्तुष्टिलाई नै सर्बोपरि मान्ने पूर्णवहादुरको प्रेम र सदभावको महत्व रगतको नातासँग सम्बन्धित हुने विश्वास मनमा पूर्णरुपले गढेर बसेको थियो । जसलाई स्वीकारेअनुसार केही हदसम्म व्यवहारतः जीवनको पूर्वाद्र्धमा उसले राम्रो परिणामहरु पनि नभेट्टाएको होइन । तर अन्ततोगत्वा बुढेशकालको जीर्ण शरीर र शिथिलताका कारण जव पूर्णवहादुरलाई छिमेकीको घर जाँदा हिँडेर बेलायत गए झै हुन थाल्यो तब घरपरिवारमा आँखामा हाले पनि नविझाउँने पूर्णवहादुर घरपरिवारकै लागि घृणाको पात्र बन्दै गयो । आफ्नो निश्क्रियताका कारण ।

अनि त विस्तार विस्तार आफ्नो मुटु झैं लाग्ने छोराहरुलाई पराईघरबाट आएकी बुहारीले औंलामा नचाएपछि पूर्णवहादुरले छोराहरुको पहिलेको झैं स्नेही व्यवहारको लागि धेरै तड्पिनु पर्यो । चित्त दुखाईको सीमा नाघेपछि आशावादी पूर्णवहादुर निराशाको खाडलमा यति नराम्रोसँग जाक्किए कि त्यहाँबाट निस्कने बाटाहरु सबै बन्द भए । त्यसपछि पूर्णवहादुरलाई आफू अपूर्ण भएको महसुस पूर्णरुपले हुन थाल्यो । आफ्नै जीन्दगीमा । अनि पूर्णवहादुर काललाई आत्तुरिएर कुर्न बाध्य भए । छोरा बुहारीको व्यवहारलाई झेल्न नसकेर । अन्तिममा चिन्ताले ग्रसित पूर्णवहादुरले संसार छोड्नु पर्यो । आफ्नै घरबाट निकालिने डरले हतारिँदै । आफ्ना अपूर्ण चाहनाहरु साथ लिएर ।

यसरी हतार हतार आमाको कोखबाट संसार हेर्न आएको पूर्णवहादुर हतारमै सबै कर्म गरेर कालगतिले नै भएपनि हतारमै देहत्याग्न बाध्य भए । जीवनको सम्पूर्ण भ्रमलाई पूर्ण सत्य सम्झेका कारण ।

अनि याे पनि:

  • नामी साप्ताहिक ई-पेपर
     
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १०:१६
##shortstory #prajwalghimire
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्