Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
बुधबार, असोज २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, असोज २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लघु कथा : हतार
लघु कथा : हतार
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, साउन २८, २०७९

पूर्णवहादुरले आमाको कोखबाट हतारिँदै पृथ्वीमा आएको धेरै भएको थिएन । उसको आमा बा लाई उसको न्वारन र पास्नी गर्न हतार भइहाल्यो । अनि राम्रोसँग जवान हुन नपाउँदै फेरी उसको आमा बा उसको ब्रतबन्ध गर्न हतारिए । त्यसलगत्तै छिटो छिटो अग्लिँदै गएको पूर्णवहादुरलाई घरपरिवारको दवाब आएपछि आफ्नो खुट्टामा उभिन हतार भयो । अनि सानोतिनो काममा दक्षता हासिल गरेको मात्रै के थियो उसले हतारमा विवाहको प्रस्ताव पनि उसमाथि सबैले थोपरिदिए । यद्यपी पूर्णवहादुर पनि विवाहको लागि नहतारिएका भने थिएनन् । यौवनको उन्मादले ।

विवाहपश्चात पूर्णवहादुरलाई सुहागरातमा बल्ल आफू पूर्ण भए झैं लागेछ । त्यसपछि मानव सभ्यताको निरन्तरतामा जुटेको पूर्णवहादुरले सृष्टिको जगेर्नाका लागि इट्टा थप्दै जाँदा उसको घरमा दुई छोरा र एउटी छोरी नयाँ पाहुना बनेर आए । तर यो खुशीले उसलाई राम्रोसँग पूर्णरुपले छुन सकेन । यहीवेला उसको श्रीमतीको क्यान्सरका कारण निधन भएपछि । लगत्तै अर्को विवाह गर्न कैयौं दबाब आउँदा पनि पूर्णवहादुर छोराछोरीले सौतेनी आमाको दुव्र्यवहार खेप्न नपरोस् भनेर राजी भएनन् ।

अनि पूर्णवहादुर आफ्ना पुर्खाले झैं आफ्नो सन्तानकोे न्वारन, पास्नी र ब्रतबन्ध गर्दै विवाह गरिदिन पनि हतारिए । त्यसपछि बाली काटेको किसान जस्तै दङ्ग परेका पूर्णवहादुर नाती नातिनीको अनुहार हेर्दै खुशीले आफ्ना बा आमालाई आफूले गरेको राम्रो व्यवहार जस्तै व्यवहार आफ्ना सन्तानबाट पनि पाउने भरोशा गर्दै रमाउँन थाले ।

Nepal Oil Corporation

यसरी खुशीका साथ जीवन विताइरहेका निकै नै आशावादी पूर्णवहादुरको घरपरिवारको खुशीका लागि मात्र नभई अन्य चाहानाहरु पनि धेरै थिए । तर घरपरिवारको सन्तुष्टिलाई नै सर्बोपरि मान्ने पूर्णवहादुरको प्रेम र सदभावको महत्व रगतको नातासँग सम्बन्धित हुने विश्वास मनमा पूर्णरुपले गढेर बसेको थियो । जसलाई स्वीकारेअनुसार केही हदसम्म व्यवहारतः जीवनको पूर्वाद्र्धमा उसले राम्रो परिणामहरु पनि नभेट्टाएको होइन । तर अन्ततोगत्वा बुढेशकालको जीर्ण शरीर र शिथिलताका कारण जव पूर्णवहादुरलाई छिमेकीको घर जाँदा हिँडेर बेलायत गए झै हुन थाल्यो तब घरपरिवारमा आँखामा हाले पनि नविझाउँने पूर्णवहादुर घरपरिवारकै लागि घृणाको पात्र बन्दै गयो । आफ्नो निश्क्रियताका कारण ।

अनि त विस्तार विस्तार आफ्नो मुटु झैं लाग्ने छोराहरुलाई पराईघरबाट आएकी बुहारीले औंलामा नचाएपछि पूर्णवहादुरले छोराहरुको पहिलेको झैं स्नेही व्यवहारको लागि धेरै तड्पिनु पर्यो । चित्त दुखाईको सीमा नाघेपछि आशावादी पूर्णवहादुर निराशाको खाडलमा यति नराम्रोसँग जाक्किए कि त्यहाँबाट निस्कने बाटाहरु सबै बन्द भए । त्यसपछि पूर्णवहादुरलाई आफू अपूर्ण भएको महसुस पूर्णरुपले हुन थाल्यो । आफ्नै जीन्दगीमा । अनि पूर्णवहादुर काललाई आत्तुरिएर कुर्न बाध्य भए । छोरा बुहारीको व्यवहारलाई झेल्न नसकेर । अन्तिममा चिन्ताले ग्रसित पूर्णवहादुरले संसार छोड्नु पर्यो । आफ्नै घरबाट निकालिने डरले हतारिँदै । आफ्ना अपूर्ण चाहनाहरु साथ लिएर ।

यसरी हतार हतार आमाको कोखबाट संसार हेर्न आएको पूर्णवहादुर हतारमै सबै कर्म गरेर कालगतिले नै भएपनि हतारमै देहत्याग्न बाध्य भए । जीवनको सम्पूर्ण भ्रमलाई पूर्ण सत्य सम्झेका कारण ।

अनि याे पनि:

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १०:१६
##shortstory #prajwalghimire
प्रतिक्रिया दिनुहोस्
थप समाज
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न मंगलबार, असोज २८, २०८२
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग आइतबार, असोज १२, २०८२
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन बिहीबार, असोज ९, २०८२
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे बुधबार, असोज ८, २०८२
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम बुधबार, असोज ८, २०८२
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’ मंगलबार, असोज ७, २०८२
घटस्थापना : आजबाट बडादशैं सुरु
घटस्थापना : आजबाट बडादशैं सुरु सोमबार, असोज ६, २०८२
मनाइयो विश्वकर्मा पूजा
मनाइयो विश्वकर्मा पूजा बुधबार, असोज १, २०८२
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्