Top Navigation
Main Navigation
सोमबार, साउन ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित हुन अध्यक्ष दाहालको निर्देशन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित हुन अध्यक्ष दाहालको निर्देशन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, भदौ ३, २०७९
YCL

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवापङ्क्तिलाई निर्देशन दिएको छ ।

माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा पार्टीको पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिएको हो ।

“चुनावी महासङ्ग्राम अगाडि छ, त्यो सङ्ग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ”, अध्यक्ष ‘प्रचण्ड’ले भने, “अब तपाइँहरु क्रान्तिकारीलाई विजयी गराउने र समाजवादी क्रान्तिको आधार तयार पार्नेमा केन्द्रित भएर लाग्नुपर्नेछ।” 

Nepal Oil Corporation

राजनीतिक सङ्घर्षका क्रममा युवाले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा फौजका रुपमा खटिन पनि युवापङ्क्तिलाई आग्रह गर्दै “युवा शान्तिपूर्ण फौजका रुपमा खटिनुपर्छ”, अध्यक्ष दाहालले भने ।

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष ‘प्रचण्ड’ले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए । “माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन”, अध्यक्ष दाहालले भने ।

माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न क्रियाशील रहेको जनाउँदै उनले जनताको विशाल समाजवादी सेना तयार गर्ने र उत्पादन वृद्धिको नयाँ अभियानमा पार्टी केन्द्रित भएको बताए ।

“कम्युनिष्टलाई एकताबद्ध गर्ने अभियान केही कारणले असफल भएको छ, त्यो असफलताबाट हामी निरास हुनुहुँदैन”, उनले भने, “फेरि त्यसलाई सफल बनाउन अर्को ढङ्गबाट अगाडि बढाउनुपर्ने छ।”
 
वामपन्थीलाई एकताबद्ध गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर समाजवादको यात्रामा अगाडि बढ्ने पार्टीको नीति रहेको उनको भनाइ छ ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ नारामा आजदेखि सुरु भएको भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १५:५९
##ycl
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता आइतबार, साउन ५, २०८२
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम शुक्रबार, साउन ३, २०८२
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै शुक्रबार, साउन ३, २०८२
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला 
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला  शुक्रबार, साउन ३, २०८२
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड बिहीबार, साउन २, २०८२
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय बुधबार, साउन १, २०८२
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ?
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ? मंगलबार, असार ३१, २०८२
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड सोमबार, असार ३०, २०८२
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
  • नंः २ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ३ कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
  • नंः ४ मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्