Top Navigation
Main Navigation
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम
विकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज ६, २०७९

काठमाडौ । प्रदेश नं. १ का विकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।

कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.०५ सेकेण्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ः०० सेकेण्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको हो ।

swimming21663866168.jpg

पच्चीस मिटर पुलको छोटो दुरीको प्रतियोगितामा यसअघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय किर्तिमान रहेको थियो । शाहले ८ औं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.५५ सेकेण्ड र १०० मिटर बटरफ्लाईमा १ मिनट ००ः२५ सेकेण्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

Nepal Oil Corporation

कुमालले आजै विहान भएको हिट चरणमा नै शाहको नाममा रहेको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेण्डको किर्तिमान बनाउन सफल भएका थिए ।

पचास मिटिर ब्रेष्टस्ट्रोकमा दोश्रो स्थानमा बागमतीका सेरेन सिंह र सेनाका अनुभव सुब्बा तेश्रो स्थानमा आए भने १०० मिटर बटरफ्लाईमा बागमतीका एल्भिन महर्जन र पुलिसका युभान लाल श्रेष्ठ दोश्रो र तेश्रो स्थानमा आए।

swimming31663866193.jpg

यस्तै ४०० मिटर फ्रिस्टायलको प्रतिस्पर्धाम पुलिसका गौरव लामाले ३ मिनट ३६.९८ सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण जिते भने पुलिसकै सनिलकुमार थापा र एपिएफका उर्गेन महर्जन दोश्रो र तेश्रो स्थानमा आए । २०० मिटर ब्याक स्ट्रोकमा एपिएफका नेन्जिङ्ग नामदोल रायन गुरुङ्गले २ मिनट १९.११ सेकेण्डका साथ स्वर्ण पाए ।

प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए भने २०० मिटर फ्रिस्टायलमा बागमतीका ईरभिन श्रेष्ठले २ मिनट ४.०७ सेकेण्डका साथ स्वर्ण हासिल गर्दा पुलिसका सुविज्ञ मान तुलाधरले रजत र पुलिसकै गौरव लामाले कास्य पाए।

सय मिटर ब्रेष्टस्ट्रोकमा प्रदेश १ का बिकास कुमालले १ मिनट ८.४६ सेकेण्डका साथ आफ्नो प्रदेशका लागि दोश्रो स्वर्ण जोडे भने बागमतीका सेरेन सिंहले रजत र एपिएफका जाडेन श्रेष्ठले कास्य पाए ।

यस्तै ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.२४ सेकेण्ड समयका साथ स्वर्ण हासिल गरे भने सेनाका अनुभव सुब्बाले रजत र प्रदेश १ का बिकास कुमालले कास्य पाए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने ९औं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्ती महर्जनले स्वर्ण जितिन् ।

उनले उक्त दुरी ३६.९० सेकेण्डमा पूरा गरिन् । प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र बागमती श्रेनु महर्जनले कास्य पाईन् भने २०० मिटर फ्रिस्टायलमा सेनाकी अनुसिया तण्डुकारले २ मिनट १७.०१ सेकेण्डका साथ स्वर्ण प्राप्त गर्दा पुलिसकी समिरा शोभा थापाले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य पाईन् ।

सय मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्तीले आफ्नो ब्यक्तिगत तथा सेनाको लागि दोश्रो स्वर्ण जितिन् । उनले १ मिनट २२.९१ सेकेण्डका साथ स्वर्ण जितेकी हुन् ।

यस्तै प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र एपिएफकी राभ्या श्रेष्ठले कास्य पाए भने ५० मिटर बटरफ्लाईमा बागमतीकी रोशा न्यौपानेले ३३.११ सेकेण्डका साथ स्वर्ण जोडिन् । सेनाकी अनुशिया तण्डुकारले रजत र बागमतीकी टिशा महर्जनले कास्य हासिल गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले ९औं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै प्रतियोगिता आयोजना गरेकोमा संघलाई बिशेषत अध्यक्ष अशोक बज्राचार्यलाई धन्यवाद प्रदान गरे ।

उनले अवका दिनमा पौडी खेलले नतिजा प्रदान गर्नेमा आफु विश्वस्त रहेको भन्दै पूर्वाधारका कारण नतिजा प्राप्त नभएको भनि गुनासो सुन्न नचाहेको बताए ।

 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २२:४०
##swimming
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्