Top Navigation
Main Navigation
सोमबार, साउन ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा सातौँ पटक उम्मेदवार ।
देउवा सातौँ पटक उम्मेदवार ।
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज २३, २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलीय तथा स्वतन्त्र गरी सयौं उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवारी दर्ताको दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश शीर्ष नेताहरु आफै निर्वाचन क्षेत्रमा गएर मनोनयन दर्ता गराएपनि केही नेताले भने सहयोगीमार्फत उम्मेदवारी दर्ता गरेका छन् ।

प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवा मार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराउनुभएको छ । २०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्नुभएका देउवा सातौँ पटक उम्मेदवार बन्नुभएको छ । यसपटक भने देउवाले कुनै समयका उहाँकै सहयोगी कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालको चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

 

एमाले अध्यक्ष केपीशर्मा ओलीेले आफैं झापाको क्षेत्र नम्बर ५ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोर्खाको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र परिर्वतन गर्ने नेताको छवि बनाउनुभएका दाहालले डा. बाबुराम भट्टराइलाई लिएर उम्मेदवारी दर्ता गराउनुभएको हो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालविरुद्ध अब्दुस मियाले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट क्षेत्र नम्बर १ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता पौडेललाई चुनौती दिँदै नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले सोही क्षेत्रबाट स्वतन्त्र हैसियतमा टक्कर दिनुभएको छ । आफ्ना समर्थकहरुको जुलुससहित तनहुँ– १ को निर्वाचन कार्यालय पुगेर पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आफ्ना सदावहार प्रतिस्पर्धी गोविन्दराज जोशीको बागी उम्मेदवारी झेल्नुपर्ने भएको छ । सधैं झैं कांग्रेस नेता प्रकाशमानसिंह काठमाडौं क्षेत्र नम्बर एकबाट प्रत्यासी बन्नुभएको छ ।

Nepal Oil Corporation

कांग्रेस नेता शेखर कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ र लोसपा अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दिनुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि आफैं झापाको क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर एकबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले आफै चितवनको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङले स्याङ्जा २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं ४ मा उम्मेद्वारी दर्ता गराउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले काठमाडौ ५, अर्का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ र संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष सुवास नेम्वाङले इलाम २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले महासचिव शंकर पोखरेलले दाङ २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेकपा एसका नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।

लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराउँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र रायले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौ क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दर्ता गराउनुभएको छ भने अर्थमन्त्री रहेका जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राप्रपाका वरिष्ठ नेता दिपक बोहराले एमाले गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्बपति विनोद चौधरीले नवलपरासी पश्चिम १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता आइतबार, साउन ५, २०८२
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम शुक्रबार, साउन ३, २०८२
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै शुक्रबार, साउन ३, २०८२
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला 
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला  शुक्रबार, साउन ३, २०८२
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड बिहीबार, साउन २, २०८२
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय बुधबार, साउन १, २०८२
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ?
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ? मंगलबार, असार ३१, २०८२
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड सोमबार, असार ३०, २०८२
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
  • नंः २ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ३ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ४ कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्