Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा सातौँ पटक उम्मेदवार ।
देउवा सातौँ पटक उम्मेदवार ।
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज २३, २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलीय तथा स्वतन्त्र गरी सयौं उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवारी दर्ताको दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश शीर्ष नेताहरु आफै निर्वाचन क्षेत्रमा गएर मनोनयन दर्ता गराएपनि केही नेताले भने सहयोगीमार्फत उम्मेदवारी दर्ता गरेका छन् ।

प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवा मार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराउनुभएको छ । २०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्नुभएका देउवा सातौँ पटक उम्मेदवार बन्नुभएको छ । यसपटक भने देउवाले कुनै समयका उहाँकै सहयोगी कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालको चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

 

एमाले अध्यक्ष केपीशर्मा ओलीेले आफैं झापाको क्षेत्र नम्बर ५ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोर्खाको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र परिर्वतन गर्ने नेताको छवि बनाउनुभएका दाहालले डा. बाबुराम भट्टराइलाई लिएर उम्मेदवारी दर्ता गराउनुभएको हो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालविरुद्ध अब्दुस मियाले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट क्षेत्र नम्बर १ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता पौडेललाई चुनौती दिँदै नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले सोही क्षेत्रबाट स्वतन्त्र हैसियतमा टक्कर दिनुभएको छ । आफ्ना समर्थकहरुको जुलुससहित तनहुँ– १ को निर्वाचन कार्यालय पुगेर पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आफ्ना सदावहार प्रतिस्पर्धी गोविन्दराज जोशीको बागी उम्मेदवारी झेल्नुपर्ने भएको छ । सधैं झैं कांग्रेस नेता प्रकाशमानसिंह काठमाडौं क्षेत्र नम्बर एकबाट प्रत्यासी बन्नुभएको छ ।

कांग्रेस नेता शेखर कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ र लोसपा अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दिनुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि आफैं झापाको क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर एकबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले आफै चितवनको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङले स्याङ्जा २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं ४ मा उम्मेद्वारी दर्ता गराउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले काठमाडौ ५, अर्का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ र संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष सुवास नेम्वाङले इलाम २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले महासचिव शंकर पोखरेलले दाङ २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेकपा एसका नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।

लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराउँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र रायले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौ क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दर्ता गराउनुभएको छ भने अर्थमन्त्री रहेका जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राप्रपाका वरिष्ठ नेता दिपक बोहराले एमाले गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्बपति विनोद चौधरीले नवलपरासी पश्चिम १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्