Top Navigation
Main Navigation
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • महिला कुस्तीको उर्वर भूमि सुदूरपश्चिम
महिला कुस्तीको उर्वर भूमि सुदूरपश्चिम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, कात्तिक २, २०७९

सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएको कुस्ती खेलअन्तर्गत महिलातर्फको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भूगोलका सात महिला खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन् ।

दश स्वर्णमध्ये सात स्वर्ण जित्ने महिला खेलाडी सुदूरपश्चिमका रहेका छन् । यसले सुदूरपश्चिम महिला कुस्तीको उर्वर भूमि भएको पुष्टि गरेको छ।

सात वटा प्रदेश र तीन विभागीय टिमसहित दश समूह प्रतिस्पर्धामा रहँदा सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धामा सहभागी पाँच र नेपाल आर्मीबाट सहभागिता जनाएका दुई जना, जो सुदूरपश्चिम भूगोलका रहेका थिए । उनीहरूले स्वर्ण पदक जितेका हुन्।

Nepal Oil Corporation

नेपालको भूगोलमा सूदुरलाई विकट मानिन्छ । सङ्घीय राजधानीबाट कैयौँ माइल पर, दूरदराजको पहिचान बोकेको सुदूरले अर्को पहिचान बनाउन कसिएको छ । कुस्तीको उर्वर क्षेत्रको रुपमा देशभर चिनाउने काम यति बेला सुदूरपश्चिमका महिला खेलाडीले गरेका छन् ।

सो प्रदेशबाट प्रतिनिधित्व गरेका ५० केजी तौल समूहबाट दमन्ती बोहोरा, ५३ केजीतर्फ मनिषा सिंह, ५५ केजीतर्फ सङ्गीता धामी ५९ केजीतर्फ कोमल खत्री र ७२ केजीतर्फ हेमा भट्टले स्वर्ण जिते ।

आर्मीले पाँच स्वर्ण जित्दा ६५ केजीतर्फ निर्मला जागरी र ६८ केजीतर्फ मीरा आउजीले स्वर्ण पदक प्राप्त गरे । यी दुवै महिला खेलाडीसमेत सुदूरपश्चिमकै भूगोलका हुन् । यसरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट कुस्तीको गर्विलो उपस्थिति भएको छ ।

स्वर्ण पदक विजेता सिंहले भने, “सुदूरपश्चिमलाई पदक दिलाएर चिनाउन पाउँदा धेरै खुसी लागेको छ, पहिला कुस्ती खेल्न भनेपछि कोही आउँथेनन्, अब सुदूरमा थप उत्प्रेरणा जाग्ने विश्वास छ ।”

अभ्यासका लागि आवश्यक संरचना नहुँदा आफूहरूलाई कठिन हुने गरेको सम्झँदै उनले भन, “खेल्नलाई ठाउँको व्यवस्था छैन, हामी अभ्यास  गर्न समेत राम्रोसँग पाउँदैनौँ, यो मेडल जितेपछि, अब पूर्वाधार विकासमा सरोकारवाला लाग्छन् भन्ने आशा छ।”

अभ्यासका लागि हलसम्म नभएर कार्यालय कोठामा खेल खेल्नुपरेको बाध्यता सम्झँदै  धामीले भने, “अब सबैको सहयोग आवश्यक छ, सुदूरपश्चिमलाई महिला कुस्तीले देशभर चिनाउनेछ, धेरै खेलाडी  बढ्ने छन्, तर आवश्यक वातावरण तयार पार्नुपर्नेछ।”

सुदूरपश्चिमको नाम कुस्तीमार्फत  देशभर चिनाउन  महिला खेलाडीको भूमिका ठूलो रहेको सुदूरपश्चिम प्रदेशका टिम कोचका रुपमा रहेका नरेन्द्र खत्रीले बताए । सुदूरपश्चिमबाट महिला कुस्तीमा सहभागिता राम्रो हुँदै गएको उनले बताए।

परिवारको सहयोग नै महिला खेलाडी उत्पादनको पहिलो आधार भएको उनले बताए । “हामी कहाँ महिलालाई घरको कामसँग जोड्ने गरिन्छ, अझ सुदूरमा आँफै विचार गनुहोस् , ठूलो मिहिनेत लागेको छ, परिवारको सहयोग पनि उत्तिकै छ, नत्र  छोरीलाई सहजरुपमा हत्तपत्त कसैले पठाउँदैनन्”, उनले भने, “हिजो छोरी कुस्तीमा लागि भनेर पिर गर्ने पनि छन्, राष्ट्रिय मेडल पाउँदा पक्कै खुसी हुनेछन्।”

सुदूरपश्चिमा खेलका गतिविधि कम हुने, भए पनि प्रचारप्रसार नहुने, खेल्ने अखडा पनि नभएको क्षेत्रमा महिला खेलाडी उत्पादन गर्न धेरैको मिहिनेत परेको कोच खत्रीले बताए ।

भारतका कुस्ती प्रशिक्षण केन्द्रमा गएर शिप सिकेर सुदूरमा सिकाउँदै जाँदा अहिले यो अवस्थामा आइपुगेको उनको भनाइ छ। “हामीले  टिम बनायौँ, मेहनेत गर्याे, सुदूरमा प्रचार पनि थिएन, खेलहरु पनि हुन्थेनन्, खेल्ने अखडा पनि थिएन, कुस्ती भनेको मधेसमा खेल्ने खेल भन्ने थियो । हामीलाई सुदूरलाई पनि त यो खेलबाट चिनाउन सकिन्छ भन्ने लाग्यो, चासो जाग्यो, खेलाडी जम्मा गर्न लाग्यौँ”, कोच खत्रीले भने, “भारतको पटियालासम्म पुगेर कुस्तीका विधि सिकेर आयौँ, सुदूरमा शिक्षा दिन लाग्यौँ, आज यो परिणाममा पुगेको छ।”

कुस्तीका लागि आवश्यक संरचना नभएकामा उनले गुनासो गरे । सुदूरपश्चिबाट राष्ट्रियस्तरका कुस्तीका महिला खेलाडी उत्पादन भइरहेकाले भोलि अन्तर्राष्ट्रियस्तरका प्रतियोगितमा समेत सहभागिता जनाउन सक्ने भएकाले सरकारले सुदूरपश्चिमा खेलको विकासका लागि थप ध्यान दिनुपर्ने उनले बताए ।

उनले भने, “सुदूरपश्चिममा खेलका संरचना छैन, राज्यले सुदूरमा खेलको विकासका लागि लगानीमा खासै ध्यान दिएको छैन, हामी आफैँले खेलाडीको मनोबल बढाउँदै हिँडेका छौँ, अब राज्यको ध्यानसमेत जान आवश्यक रहेको छ।”
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०९:०८
##nationalgames
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्