Top Navigation
Main Navigation
शुक्रबार, कात्तिक २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, कात्तिक २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वनक्षेत्रबाट रोजगारीको सिर्जना गर्ने प्रतिनिधिसभा सदस्य उम्मेदवार खड्काको वचनवद्धता 
वनक्षेत्रबाट रोजगारीको सिर्जना गर्ने प्रतिनिधिसभा सदस्य उम्मेदवार खड्काको वचनवद्धता 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, कात्तिक २, २०७९

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमृत खड्काले आफू सांसद पदमा निर्वाचित भएसँगै मुलुकको वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्ने वचनवद्धता व्यक्त गरेको छ।

सो काम अघि बढेसँगै युवाहरुलाई वैदेशिक रोजगारीमा जार्नुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गर्दै उम्मेदवार खड्काले उक्त योजना महत्वपूर्ण रहेको वताएको हो ।

यहाँका वनमा विभिन्न जडिबुटी उत्पादन गर्ने काम युवालाई दिन सके सो बाट ठूलो रकम प्राप्त गर्न सकिने खड्काले बताएका हुन् । उनले भने, “मुलुकको कूल वनक्षेत्रमा रिठ्ठा तथा कफी एवम् अल्लो हुँदै लोक्ता जस्ता बस्तु उत्पादन गरी विभिन्न सामग्री निर्माण गर्न सकिन्छ।” सो जडिबुटीबाट निर्मित सामग्रीका लागि युवालाई परिचालन गरी मुलुकमै रहन पाउने वातावरण तयार गर्ने खड्काको मुख्य ध्यये रहेको छ ।

मुलुकमा लोपोन्मुख भएका जडिबुटीलाई खेतिमा रुपान्तरण गर्न सके सो को संरक्षणसँगै कैयौँ युवाले वैदेशिक रोजगारीमा जानु नपर्ने समस्याको पनि हल हुने खड्काले जिकीर गरे ।

Nepal Oil Corporation

“नेपालमै रहेर उत्पादनशिल हुन पाउनु हरेक युवाको राष्ट्रनिर्माण तर्फको दायित्वमा समेत बृद्धि हुनेछ”, खड्काले थपे। आफू हाल एक सफल व्यवसायी रहँदा जानेका सिप तथा ज्ञानलाई इच्छुक युवामा छरि सोबाट आर्थिक उत्थानमा ठूलो भूमिका अघि बढाउने लक्ष्य रहेको खड्काले जिकीर गरेका छन् ।

खड्का हाल नेपाल निर्यात व्यवसायी महासंघका महासचिव सँगसँगै नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य छन्। उनी २०४५ सालमा अनेरास्ववियुमा संगठित थिए । २०४६ सालको आन्दोलनमा घाइते भएका खड्का २०५४ सालमा सैंबु गाउँविकास समितिका अध्यक्ष भइसकेका छन् ।

सोसँगै खड्का गाउँविकास समिति राष्ट्रिय महासङ्घ ललितपुरका सचिव तथा २०७५ सालमा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात सङ्घका अध्यक्ष एवम् नेपाल हस्तकला महासंघका उपाध्यक्ष हुँदै नेपालको उत्पादन सामर्थ्य र निर्यात क्षेत्रका विज्ञ हुन्।

नेपालको उत्पादनमा वृद्धि, रोजगारी वृद्धि र निर्यात वृद्धिको विषयमा अनुसन्धानात्मक लेख रचनाहरु प्रकाशित गरिरहने खड्काले सन् २०१३ मा उल ड्रायर ब्यागको विकास गरी यूरोप अमेरिकामा ख्याती कमाएको थियो ।

स्नातक तहसम्मको शैक्षिक योग्यता हासिल गरिसकेका खड्का हाल कल्पना क्राफ्टको प्रोपाइटर हुन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  २०:१४
##amritkhadka
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टी विभाजन हल्ला मात्र हो
पार्टी विभाजन हल्ला मात्र हो मंगलबार, कात्तिक १९, २०८२
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु बिहीबार, कात्तिक १४, २०८२
दुई मन्त्रीको शपथ ग्रहण
दुई मन्त्रीको शपथ ग्रहण आइतबार, कात्तिक १०, २०८२
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा शनिबार, कात्तिक २, २०८२
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे शुक्रबार, कात्तिक १, २०८२
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु बिहीबार, असोज ३०, २०८२
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा मंगलबार, असोज २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ५ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्