Top Navigation
Main Navigation
शुक्रबार, कात्तिक २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, कात्तिक २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक ८, २०७९

काठमाडौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ ।

नेमकिपाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

नेमकिपा अध्यक्ष बिजुक्छेले घोषणापत्रमा आफ्नै देशमा रासायनिक मल कारखाना खोल्नेदेखि गोर्खा भर्ती खारेज गर्नेसम्मका विषयवस्तु समेटिएको बताएका छन् । घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा निःशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने उल्लेख छ । 

नेकपा (एमाले) पुँजीवादी सत्ताको भागबण्डामा लाग्नु राजनीतिकरुपमा असक्त सावित भएको भन्दै अध्यक्ष बिजुक्छेले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन सारमा एउटै सिक्काको दुइपाटा भएको आरोप लगाएका छन् ।

Nepal Oil Corporation

नेमकिपाले घोषणपत्रमा नेपालको पुँजी देशकै विकासमा लगानी गर्न राष्ट्रिय पुँजीपतिलाई उत्साहित गर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याएको छ । नेपालीको सम्पत्ति विदेशमा राख्न नदिने व्यवस्था गर्न तत्काल कानुनको बन्दोबस्त गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।

नेमकिपाले अपराधीको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्ने राजनीतिक दल, सङ्घ संस्था तथा व्यक्तिलाई समेत कानुन उल्लङ्घन गरेको अपराध मानेर दण्ड जरिवाना असुलउपर गराउन नयाँ विधेयक निर्माणमा सदन र सडकमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

घोषणपत्रमा नेपालमा काम पनि नगर्ने ठेक्का पनि नछोडी देश र जनतालाई धोका दिने ठेकेदारलाई कडाभन्दा कडा कारबाही गर्दै ठेक्काबाट वञ्चित गराउन ऐन, कानुन संसद्बाट तर्जुमा गराउन नेमकिपाका प्रतिनिधिले संसद्मा भूमिका खेल्ने उल्लेख गरिएको छ ।

नेमकिपाले सङ्घीयताको औचित्यमाथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसद्मा प्रस्तुत हुने जनाएको छ । शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्ने र ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहमं भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ ।

समाजवादको विकल्प नभएको ठहर गर्दै नेमकिपाले वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गर्नुको साथै भारतसँग भएको असमान सन्धि खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टीका सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले निर्वाचन क्रान्तिको सङ्केत दिने ब्यारोमिटर भएको उल्लेख गर्दै देश र जनताको हितमा नेमकिपा सधैँ उभिने बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १९:५६
##narayanmanbijuksha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टी विभाजन हल्ला मात्र हो
पार्टी विभाजन हल्ला मात्र हो मंगलबार, कात्तिक १९, २०८२
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु बिहीबार, कात्तिक १४, २०८२
दुई मन्त्रीको शपथ ग्रहण
दुई मन्त्रीको शपथ ग्रहण आइतबार, कात्तिक १०, २०८२
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा शनिबार, कात्तिक २, २०८२
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे शुक्रबार, कात्तिक १, २०८२
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु बिहीबार, असोज ३०, २०८२
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा मंगलबार, असोज २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ५ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्