Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक ८, २०७९

काठमाडौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ ।

नेमकिपाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

नेमकिपा अध्यक्ष बिजुक्छेले घोषणापत्रमा आफ्नै देशमा रासायनिक मल कारखाना खोल्नेदेखि गोर्खा भर्ती खारेज गर्नेसम्मका विषयवस्तु समेटिएको बताएका छन् । घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा निःशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने उल्लेख छ । 

नेकपा (एमाले) पुँजीवादी सत्ताको भागबण्डामा लाग्नु राजनीतिकरुपमा असक्त सावित भएको भन्दै अध्यक्ष बिजुक्छेले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन सारमा एउटै सिक्काको दुइपाटा भएको आरोप लगाएका छन् ।

नेमकिपाले घोषणपत्रमा नेपालको पुँजी देशकै विकासमा लगानी गर्न राष्ट्रिय पुँजीपतिलाई उत्साहित गर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याएको छ । नेपालीको सम्पत्ति विदेशमा राख्न नदिने व्यवस्था गर्न तत्काल कानुनको बन्दोबस्त गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।

नेमकिपाले अपराधीको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्ने राजनीतिक दल, सङ्घ संस्था तथा व्यक्तिलाई समेत कानुन उल्लङ्घन गरेको अपराध मानेर दण्ड जरिवाना असुलउपर गराउन नयाँ विधेयक निर्माणमा सदन र सडकमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

घोषणपत्रमा नेपालमा काम पनि नगर्ने ठेक्का पनि नछोडी देश र जनतालाई धोका दिने ठेकेदारलाई कडाभन्दा कडा कारबाही गर्दै ठेक्काबाट वञ्चित गराउन ऐन, कानुन संसद्बाट तर्जुमा गराउन नेमकिपाका प्रतिनिधिले संसद्मा भूमिका खेल्ने उल्लेख गरिएको छ ।

नेमकिपाले सङ्घीयताको औचित्यमाथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसद्मा प्रस्तुत हुने जनाएको छ । शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्ने र ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहमं भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ ।

समाजवादको विकल्प नभएको ठहर गर्दै नेमकिपाले वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गर्नुको साथै भारतसँग भएको असमान सन्धि खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टीका सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले निर्वाचन क्रान्तिको सङ्केत दिने ब्यारोमिटर भएको उल्लेख गर्दै देश र जनताको हितमा नेमकिपा सधैँ उभिने बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १९:५६
##narayanmanbijuksha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्