काठमाडौं। काठमाडौंका स्थानीय जनता विशेषत् गैरन्यायिक सडक विस्तारवाट अत्यन्त दुःखी र पिडित स्थानीय जनताको दुःखको मल्हम लगाइदिने काठमाडौंका खास नेता नदेखिएको अवस्थामा जनता समाजवादी पार्टी नेपाल जसपाका नेता राजेन्द्र श्रेष्ठ दमदाररुपमा देखिएका छन्।
आगामी मंसीर ४ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नंबर ७ बाट उम्मेदवार बनेका नेता श्रेष्ठको मूल प्रतिवद्धता नै गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्नु रहेको छ।
प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ जसपाको छाता चिन्हका साथमा उम्मेदवार रहेका काठमाडौंका खास नेता श्रेष्ठले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्नुलाई विशेष मुददा बनाएका छन्।

गैरन्यायिक सडक विस्तारवाट काठमाडौंका स्थानीय जनताहरुको उठिवास भएको छ। उनीहरुका लागि पूर्नरबास गर्न र गराउन तथा पुनःस्थापित गराउने मूल मुदददा बोकेर जनतामाझ आएका नेता श्रेष्ठले यस कार्यमा आफू तदारुकतासाथ लाग्ने कसम नै खाएका छन्।
लामो समयदेखि यस क्षेत्रको विकास निर्माणका साथै देशमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि आवाज उठाउँदै आएका नेता श्रेष्ठले अन्याय, अत्याचार, असमानता, विभेद र उत्पीडनमा परेका नेपाली जनताहरूलाई सामाजिक–आर्थिक न्याय दिलाउन विगत ४८ बर्षदेखि अग्रता दिइरहेका छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९ २०:५७