काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गरेको हो ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ १२:२१