Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आश्वासन त धेरै पाइयो तर विकासको अनुभूति पाइएन
आश्वासन त धेरै पाइयो तर विकासको अनुभूति पाइएन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक १५, २०७९

निस्दी गाउँपालिका-२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको भए । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे ।

उनी मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आएको छ । तर गाउँमा  विकासको परिवर्तन नहुँदा उनी चिन्तित छन् ।

यसपटक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरू उनको घरदैलोमा पुगेका छन्।

आफूले जानेदेखि नै सुनाएका, आश्वासन दिएका पुरानै योजना लिएर विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार गाउँका नागरिकलाई विभिन्न योजना लिएर विश्वस्त पार्न आउने गरेको राना बताउँछन् ।

“चुनावका बेला जहिल्यै उही पुराना योजना लिएर उम्मेदवार आउँछन्, निर्वाचन जितेर गएपछि काम केही गर्ने होइनन्, नेताको अनुहार देख्नै पाइँदैन”, उनले भने, “सामान्य आधारभूत आवश्यकता पूरा नभएको ठाउँमा ठूला–ठूला विकासका योजना सुनाएर हामी गाउँका जनतालाई सधैँ भ्रममा पारिरहेका छन् ।”

गाउँमा दीर्घकालीन योजना बनाएर काम थालनी गर्ने हो भने धेरै कुराको विकास हुने ज्येष्ठ नागरिक रानाको भनाइ छ। यस गाउँमा ऐतिहासिक थुप्रै गुफाहरू छन् ।

यिनीहरुको संरक्षण नहुँदा यो ठाउँ सधैँ ओझेलमा परिरहेको छ । गुफा संरक्षण गरेर राम्रोसँग सञ्चालन गर्न सकेको खण्डमा आम्दानीको दरिलो आयस्रोत बन्ने उनी बताउँछन्।

गाउँमा हिउँदयाममा सडक गुडे पनि वर्षायामका बेला सधैँ सास्ती नागरिकले भोगिरहनु परेको छ । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, बाटोजस्ता सामान्य आधारभूत कुरा अझै पनि परिपूर्ति हुनसकेको छैन ।

जसले गर्दा यहाँबाट स्थानीय अन्यत्र बसाइँसराइ गएका छन् । बोलेका कुरा पूरा गर्न नसक्ने तर चुनाव आउँदैपिच्छे गाउँमा केन्द्रित भई स्थानीयलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिँदा यसपटकको चुनावमा यहाँका मतदाता खासै उत्साहित देखिँदैनन् ।

अहिलेको समयमा पनि गाउँमा खानेपानी, बिजुली, सडक, शिक्षा, स्वाथ्यजस्ता समस्यासँग नागरिक जुधिरहेका छन्। आधारभूत आवश्यकता गाउँमा नहुँदा हामी जनता सधैँ अन्धकारमा नै जीवन जिउनु परिरहेको बताउँछन्, बीना गाहा ।

“पाँच वर्षअघि भएको सङ्घ र प्रदेशको चुनावमा उम्मेदवारले खानेपानी धारा घर घरमै पुर्याइदिन्छौँ भनेका कुरा भाषणमा मात्रै सीमित बन्यो, अहिले पनि गाउँमा पर्याप्त खानेपानीको सुविधा छैन, एकवटा धारा पाँच-सात घरपरिवारले प्रयोग गर्नुपर्छ, कहिलेकाहीँ त अभावमा पानी उपयोग गर्नै पाइँदैन”, उनले गुनासो पोखिन् ।

विद्युत् सेवा नहुँदा सोलार प्रणालीबाट बत्ती बालिए पनि पर्याप्त मात्रामा उपयोग गर्न स्थानीयले पाएका छैनन् । चुनावका बेला ल्याएका योजना कार्यान्वयन नहुँदा स्थानीयले उम्मेदवारलाई जनताको मन जितेर काम गर्न सुझाव दिएका छन् ।

चुनावका बेला गाउँ केन्द्रित हुने उम्मेदवार निर्वाचन जितेर सत्तामा पुगेपछि गाउँ नफर्कने, गाउँका समस्या सरकारसमक्ष नपुर्याउँदा विकासमा सधै पछाडि परिरहेको तिलिसरा राना बताउँछन् ।

उनी भन्छन्, “एकै ठाउँबाट लगातार निर्वाचन जित्ने तर विकास नगर्ने नेतृत्वले गर्दा गाउँमा विकासको लहर आएन, विगतका चुनावलाई हेर्दा हामी जनतालाई आशमात्रै दिलाउने काम भयो, जनतालाई विकासको अनुभूति नदिने नेतृत्व विकास निर्माणको बाधक हुन्, अब जसले जनमतको कदर गर्छ, उसलाई हाम्रो मतदान।”

गाउँमा राम्रो विद्यालय नहूँदा छोराछोरी सहरबजारमा भाडामा राखेर पढाउनुपर्ने बाध्यता स्थानीयवासीले भोग्नुपरेको तिलिसराले बताए । उचित शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडकको राम्रो प्रबन्ध भयो भने स्थानीयले गाउँ छाड्दैनथे । सामान्य आधारभूत समस्याका कारण गाउँका उर्वरशील जमिन, थाकथलो नै छाड्न बाध्य छन् ।

सहलकोट क्षेत्रमा घरबास (होमस्टे) सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ । हरियाली डाँडाकाँडाले भरिएको, उत्तरतर्फ कालीगण्डकी नदी बहेको, हिमालको मनोरम दृश्यले सबैलाई लोभ्याउने प्राकृतिक सौन्दर्यता छ ।

अघिल्ला वर्षका निर्वाचनमा गाउँमा होमस्टे सञ्चालन गर्ने योजना ल्याउँदा ग्रामीण भेगका नागरिकमा ठूलो आशा र उत्साह छायो । सो आशाले स्थानीयले मतदान गरे तर अहिलेसम्म यहाँ घरबासको काम भने हुनसकेको छैन ।

अब पनि जनतालाई आफ्नो पक्षमा मतदान गर्न विभिन्न प्रलोभन देखाउँदै आश्वासन नदिन यहाँका स्थानीयको विभिन्न दलका नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवारसँग आग्रह छ । गाउँमा शिक्षाको कमीका कारण बालविवाहमा कमी आउन सकेको छैन । चेतनाको स्तरवृद्धि गर्न विभिन्न शिक्षामूलक कार्यक्रम अतिआवश्यक छ ।

परिवारमा अशिक्षाको कमीले सानै उमेरम घरजम गर्ने क्रम गाउँमा विद्यमान नै छ । सो समस्याको समाधानतर्फ अबका नेतृत्वले प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ।

सङ्घ र प्रदेश तहको निर्वाचनका चुनावी प्रचारात्मक कार्यक्रम गाउँघर केन्द्रित बनेको छ। आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्न गाउँ–गाउँमा पुगेका छन् ।

मतदाताले अघिल्ला निर्वाचनका बेला गरेका बाचा, प्रतिबद्धताअनुसार गाउँमा काम नभएको असन्तुष्टि पोखिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०८:५०
##Election
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्