Top Navigation
Main Navigation
बुधबार, फागुन १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, फागुन १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले घोषणापत्र : पाँच वर्षभित्र नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने
एमाले घोषणापत्र : पाँच वर्षभित्र नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक १५, २०७९

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन-२०७९ को घोषणापत्र सार्वजनिक कार्यक्रममा ‘लाइभ डिबेट’ कार्यक्रममा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल सङ्कल्प लिएर अगाडि बढेको हुँदा पाँच वर्षभित्र मुलुकलाई समृद्ध मुलुक बनाउने बताएको हो ।

“दिगो विकासको लक्ष्यअनुसार अल्पविकास राष्ट्रबाट सन् २०३० सम्म विकासशील राष्ट्र बन्नुपर्ने अवस्था छ”, अध्यक्ष ओलीले भने, “एक ढङ्गले विकासको बाटोमा अल्पविकसितबाट विकासशीलमा प्रवेश गरिसकेका छौं, केही काम गर्न बाँकी छन्, त्यो पाँच वर्षमा गर्ने एमालेको योजना छ ।” उनले कोभिड-१९ जस्ता महामारी नआएको भए धेरै काम आफूले नेतृत्व गरेको सरकारले गर्ने योजना भएको सुनाए ।

दुई वर्षभित्र नेपाली जनतालाई साक्षर बनाउने पार्टीको योजना रहेको जानकारी दिँदै उनले भने, “रौतहट, महोत्तरीमा ३०/३२ प्रतिशत मात्र साक्षरता छ, कतिपय समुदायमा  बालबालिकालाई विद्यायमा पढाउन मुस्किल छ, त्यसका लागि निकै प्रयास जरुरी छ ।”

उनले विगतमा  आफ्नो नेतृत्वको सरकारले विद्यार्थी भर्ना गर्न साक्षरता अभियान सञ्चालन गरेर राम्रै प्रगति गरे पनि कोरोना महामारीका कारण सोचेअनुरूप हुन नसकेको सुनाए ।

अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, व्यापार कृषिको विकास गरी गरिबी निवारण गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका मानिसको सङ्ख्या घटाउन प्रयास गर्ने बताए ।

पूर्वाधार निर्माण र मुलुकले सोचेअनुरूप विकास गर्नका लागि मुलुकमा सुशासन कायम गरी भ्रष्टाचाररहित बनाउनुपर्ने र त्यसका लागि भएका कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने उनको भनाइ थियो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा घोषणापत्रको डिजिटल अनावरण गरेपछि अध्यक्ष ओलीसँग नेबिल बैकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मध्यस्थकर्ताका रूपमा जनताको तर्फबाट प्रश्न सोधेको थियो । सोही प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्नका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्ने उल्लेख गर्दै भने, “म भ्रष्टाचार गर्दिनँ भन्ने अठोट मन, वचन र कर्मले गर्नुपर्छ, सन्तानका लागि सम्पत्ति कमाइदिएर सन्तानलाई नालायक पात्र बनाउनु हुँदैन ।”

अध्यक्ष ओलीले घोषणापत्र कार्यान्वयन गर्नका लागि बनाएको स्पष्ट पार्दै भने, “यो घोषणापत्र मेटाएर, बरफको डल्लोजस्तो पग्लिएर, हराएर जाने होइन, ‘मङ्सिर ४ गते एमाले सरकार’ त्यो हाम्रो विश्वासका साथ बनाइएको हो ।”

विगतमा पार्टीमा दुई तिहाइ बहुमत टिकाउन नसकेको भन्ने प्रश्नमा उनले एमालेकै स्पष्ट दुई तिहाइ नभएको प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी १२१ सिट प्राप्त भएको तर बुहमतका लागि १३८ सिट चाहिने भएकाले निर्वाचन मिलेर लडेको स्मरण गरे । 

"एमालेसँग दुई तिहाइ पहिला पनि थिएन, निर्वाचन मिलेर लडियो, पछि एकता भएर दुई तिहाइ भएको थियो”, उनले भने, “निर्वाचन एमालेसँग मिलेर लडे पनि सरकार अर्कैसँग मिलेर बनाउने षड्यन्त्र भयो, एमालेसँग बहुमत थिएन, त्यसकारण सरकार टिकाउन सकिएन, कसले टिकाउन दिएन भन्ने यहाँहरूलाई अवगत नै छ ।”

अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति, कार्यक्रम, भिजन भएको र  विकास निर्माणका कार्यक्रम योजनाबद्ध रूपमा अगाडि बढाएको विगतको अनुभवसमेत पार्टीमा भएको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ नै मूल सङ्कल्प
    
एमालेले आज सार्वजतिक गरेको घोषणापत्रमा मुख्य सङ्कल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको छ । घोषणा पत्रमा सुशासन, विकास, समृद्धि र समानतासहित ‘पाँच वर्ष : एमालले गर्छ !’ भन्ने मूल नारा रहेको छ ।
     
बीस हजार शब्दको घोषणा पत्रको एमाले अध्यक्ष ओली डिजिटल रूपमा अनावरण गरेको थियो । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरेको थियो भने लाइभ डिबेटको मध्यस्थता नबिल बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत शाहले गरेको थियो ।

एमालेले नयाँ तरिकाले चुनावी घोषणा सार्वजनिक गर्नुका साथै फरक क्षेत्रका व्यक्तिलाई कार्यक्रम सञ्चालन र कार्यक्रम सहजीकरण गर्ने नयाँ अभ्यास गरेको छ ।

महिलालाई गुणस्तरीय स्यानिटरी प्याड

एमालेले महिनावारी हुने उमेर समूहका महिलालाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिकरूपमा रु एक हजार पाँच सय उपलब्ध गराउने भएको छ ।

आज सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख गरिएको २० ग्यारेन्टीमध्ये १७ नम्बरमा ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने उल्लेख छ ।

पार्टीले प्रसूति हुने सतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट नियमित प्रसूति सेवा सुनिश्चित गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

ग्रामीण तथा दुर्गमका जोखिममा रहरेका सुत्केरी महिलाको निःशुल्क आपत्कालीन उद्धार सेवा गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स सेवा उपलब्ध गराइनेसमेत घोषणा पत्रमा प्रतिबद्धता जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  २१:३६
##cpnuml #kpoli #kpsharmaoli #election #electioncommission
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु मंगलबार, फागुन १२, २०८२
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक बिहीबार, फागुन ७, २०८२
नेकपा एमालेकाे चुनावी घोषणापत्र
नेकपा एमालेकाे चुनावी घोषणापत्र बिहीबार, फागुन ७, २०८२
रुकुमपूर्वमा प्रचण्डका चार दिन
रुकुमपूर्वमा प्रचण्डका चार दिन सोमबार, फागुन ४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र आइतबार, फागुन ३, २०८२
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे आइतबार, फागुन ३, २०८२
चुनाव भएको खण्डमा भाग लिने : अध्यक्ष ओली
चुनाव भएको खण्डमा भाग लिने : अध्यक्ष ओली आइतबार, फागुन ३, २०८२
उत्पादनको ‘नयाँ युद्ध’ र समृद्धिको स्पष्ट खाकामा नेकपा
उत्पादनको ‘नयाँ युद्ध’ र समृद्धिको स्पष्ट खाकामा नेकपा आइतबार, फागुन ३, २०८२
आजदेखि छपाइ भएका मतपत्र छपाइ सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइँदै
आजदेखि छपाइ भएका मतपत्र छपाइ सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइँदै बिहीबार, माघ ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्