Top Navigation
Main Navigation
शुक्रबार, कात्तिक २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, कात्तिक २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अग्रगामी शक्तिलाई विजयी गराउनु पर्छ : अध्यक्ष दाहाल
अग्रगामी शक्तिलाई विजयी गराउनु पर्छ : अध्यक्ष दाहाल वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक १७, २०७९

काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएको छ ।

राजधानीमा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध  नेता कार्यकर्तालाई आग्रह गरेको हो।

“मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ”, अध्यक्ष दाहालले भने, “यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ।” आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उनले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरु हुने बताए।

“नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्नेछ। अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो”, गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका अध्यक्ष दाहालले भने, “यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ।”

Nepal Oil Corporation

baburam bhattarai1667475926.jpg

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताए । “संविधानसभाबाट जारी संविधान, गणतन्त्र र सङघीयताको रक्षार्थ हामी एक ठाउँमा आएको छौँ”, उनले भने, “आगामी मङ्सिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ, अग्रगामी शक्ति अगाडि आउँछ।”

गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताए ।

कृषिप्रधान अर्थतन्त्रको  विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा भट्टराईले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।

चुनौतीपूर्ण भौगोलिक वनावट भए पनि गोरखा जिल्लामा विकासको प्रचूर सम्भावना रहेको उनको भनाइ थियो । “बेनिघाट-आरुघाट-लार्के सडकको निर्माण सुरु भएको छ, यसलाई जतिसक्दो छिटो सम्पन्न गरिनुपर्छ, बूढीगण्डकी, दरौँदी, चेपे र मस्र्याङ्दी नदीको उत्तर-दक्षिण नदी करिडोर तथा त्रिशूली नदी करिडोर निर्माण गरे मात्रै पनि गोरखामा आधारभूत पूर्वाधार तयार हुन्छ”, पूर्वप्रधानमन्त्री भट्टराईले भने, “पूर्वाधारसँगै रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धिका साथै हिमाली क्षेत्रमा जडीबुटी सङ्कलन गरेर प्रशोधन केन्द्र बनाउन पनि सकिन्छ।”

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धिलाई संस्थागत गरेको संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताए । आर्थिक समृद्धिको फड्को मार्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कार्यभार पूरा गर्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उनले जोड दिए।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कमला पन्तले गोरखाली जनताको विकासको आकाङ्क्षा सम्बोधन गर्नेखालका योजना ल्याउन गठबन्धनका उम्मेदवारलाई आग्रह गरे । “लार्के–बेनिघाट र दूधपोखरी–देउराली सडक, राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना, गोरखकाली रबर उद्योग सञ्चालनसँगै जिल्लाका पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुपर्छ”, उनले भने।

गोरखा क्षेत्र नं २ (२)का उम्मेदवार सुरेन्द्र पाण्डेले संविधान, गणतन्त्र, सङ्घीयतामाथिको खतरा कायमै रहेकाले वाम–लोकतान्त्रिक गठबन्धन गरेर प्रतिगमनकारी शक्ति विरुद्ध निर्वाचनमा होमिनुपरेको बताए।

“मुलुकलाई पछाडि फर्काउने प्रवृत्तिले अझै पनि टाउको उठाइरहेको छ”, उनले भने, “त्यसका लागि गठबन्धनका उम्मेदवारको विजय आवश्यक छ।” सशस्त्र द्वन्द्वका क्रममा भएका कमीकमजोरीलाई बिर्सेर आसन्न निर्वाचनमा एक भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।

गोरखा क्षेत्र नं १ (१) का उम्मेदवार कृष्ण धितालले जिल्लामा प्रतिस्पर्धी रहेका दलहरु एक भएर निर्वाचनमा होमिँदा जनतामा उत्साह पैदा भएको जनाउँदै आगामी दिनमा पनि जनअपेक्षा पूरा हुने गरी काम गर्नुपर्ने बताए । “उत्पादन वृद्धि, रोजगारी सिर्जना, सडकको स्तरोन्नति, ठूला परियोजना निर्माणमा सबै दल एक भएर लाग्नुपर्छ”, उनले भने।

क्षेत्र नं २ (१) का उम्मेदवार फणिन्द्र देवकोटाले हिजोका दिनमा व्यवस्था बदल्न एक भएका राजनीतिक दल अब देश र जनताको अवस्था बदल्न पनि एक ढिक्का हुनुपर्नेमा जोड दिए । गोरखा क्षेत्र नं १ (२) का उम्मेदवार नन्दप्रसाद न्यौपानेले जनअपेक्षा पूरा गर्न गठबन्धनका उम्मेदवारका रुपमा लागेकोे जनाउँदै नागरिकप्रति उत्तरदायी भएर सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए ।

कांग्रेसका गण्डकी प्रदेशको महामन्त्री किरणबाबु श्रेष्ठले संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिका लागि गठबन्धन गरिएको बताए। “प्राप्त उपलब्धिलाई ध्वस्त गर्ने प्रतिगामी प्रवृत्तिका विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन आवश्यक भएको हो”, उनले भने, “गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व हो।”

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:१६
##prachand #pushpakamaldahal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टी विभाजन हल्ला मात्र हो
पार्टी विभाजन हल्ला मात्र हो मंगलबार, कात्तिक १९, २०८२
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु बिहीबार, कात्तिक १४, २०८२
दुई मन्त्रीको शपथ ग्रहण
दुई मन्त्रीको शपथ ग्रहण आइतबार, कात्तिक १०, २०८२
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा शनिबार, कात्तिक २, २०८२
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे शुक्रबार, कात्तिक १, २०८२
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु बिहीबार, असोज ३०, २०८२
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा मंगलबार, असोज २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ५ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्