Top Navigation
Main Navigation
शनिबार, साउन ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काठमाडौँ-५ : एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा
काठमाडौँ-५ : एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक २०, २०७९

काठमाडौ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेसँगै काठमाडौँ क्षेत्र नं ५ मा पनि उम्मेदवार मतदाताका घरदैलोमा आ आफ्ना चुनावी प्रतिवद्धता सहित पुगेका छन् । निर्वाचनको प्रचार प्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको छ ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ ५ मा नेकपा एमालेकातर्फबाट उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छन्, भने पौडेललाई गठबन्धनको समर्थन रहेको छ । सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका चार, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन् । यो क्षेत्रभित्र काठमाडौँ महानगरका २,३,४,५, बूढानीलकण्ठ नगरपालिकाका ३,४,५,६,७ र टोखा नगरपालिकाका २,३,४,५,६,७ वडा रहेका छन् ।

Nepal Oil Corporation

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् ।

स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कूल १७ हजार ९ सय ५२, कांग्रेसका वडाध्यक्षले १२ हजार ५ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीले १ हजार ८ सय ३९ र माओवादी केन्द्रले ७ सय २० मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले ३ हजार ३ सय ८८ मतान्तरले अगाडि देखिन्छ ।

विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार इश्वर पोखरेल र कांग्रेसका प्रकाश शरण महतबिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएको थियो ।

सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकोले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन् ।

प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं १ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्रबाट कूल ७० हजार ९ सय १९ मतदाता रहेका छन् । जसमध्ये  महिला ३७ हजार १ सय २५ र पुरुष ३३ हजार ७ सय ९१ मतदाता रहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १६:३५
##ishworpokhrel #pradippaudel
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम शुक्रबार, साउन ३, २०८२
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै शुक्रबार, साउन ३, २०८२
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला 
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला  शुक्रबार, साउन ३, २०८२
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड बिहीबार, साउन २, २०८२
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय बुधबार, साउन १, २०८२
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ?
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ? मंगलबार, असार ३१, २०८२
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड सोमबार, असार ३०, २०८२
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह बुधबार, असार २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ३ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ ईमेज च्यानलको व्यवस्थापनमा परिवर्तन 
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्