Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन नयाँ, एजेण्डा उहि पुरानै
निर्वाचन नयाँ, एजेण्डा उहि पुरानै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक २४, २०७९
election 2079

काठमाडौँ । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन् ।

सोही क्रममा नेपालका लागि नेपाली पार्टी भ्रष्टाचारको अन्त्य, पृथ्वीपथ र नेपालवादको मुद्दालाई प्रखररुपमा उठाउँदै मत माग्न जनताको घरदैलोमा पुगेको छ ।

निर्वाचन चिह्न शङ्ख रहेको उक्त पार्टीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा तथा समानुपातिकतर्फ एक सय १० उम्मेदवार उठाएको अध्यक्ष बालकृष्ण न्यौपानेले बताए ।

पञ्चायत समयदेखि हालसम्म सार्वजनिक उच्च ओहदामा रहेका व्यक्तिको सम्पति छानबिन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजसंस्था, सांसद मन्त्रिमण्डलमा सामेल हुन नपाउने प्रावधानसहित भ्रष्टाचार अन्त्य गर्न शक्तिशाली नागरिक आयोग गठनका मुद्दा उठाउँदै आएको छ ।

केही  राजनीतिक दलले भने देशको सङ्कटापन्न स्थिति, बाह्य हस्तक्षेप, सामाजिक न्याय तथा आत्मनिरर्भता, महिला एवं बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यासमेत प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

‘ढकिया’ चुनाव चिह्न तथा अध्यक्ष  रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले यस निर्वाचनमा मुलुकको विकास, पहिचान, सुशासन समृद्धिका साथै समावेशी पहिचानको मुद्दालाई प्रखररुपमा उठाएको छ ।

प्रतिनिसभामा ८५ र प्रदेशसभा सदस्यमा १ सय ३७ उम्मेदवार खडा गरेको उक्त पार्टीले प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ भन्दैआएको छ ।

किराँत खुम्बुवान साझा पार्टीले यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक र प्रदेशसभा सदस्यमा दुई स्थानमा तथा समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ ।

‘ढाका टोपी’ चुनाव चिह्न रहेको उक्त पार्टीले प्रदेश नं १ लाई किराँत प्रदेश नामाकरण, धरानमा खानेपानीको सहज आपूर्ति, भ्रष्टाचार न्यूनीकरण तथा  शिक्षा र स्वास्थ्यका जल्दाबल्दा मुद्दालाई पनि त्यतिकै प्राथमिकता दिने जनाएको छ ।

पार्टीले मुलुकमा राजनीतिक स्थिरताका लागि जनताबाट निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन उपयुक्त हुने मत राख्दैआएको छ । तामाङ शालिङ लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशमा २० उम्मेदवार खडा गरेको छ ।

‘वज्र’ चुनाव चिह्न रहेको उक्त पार्टीका अध्यक्ष सीमाङ तामाङले खर्चिलो र भड्किलो चुनाव प्रणाली रोक्न तथा जातीय जनसङ्ख्याका आधारमा उम्मेदवार छनोट हुने पूर्ण समानुपातिक निर्वाचनका पक्षमा वकालत गर्दैआएको छ ।

‘घोडा’ चुनाव चिह्न तथा अध्यक्ष घनेन्द्र बस्नेत रहेको मितेरी पार्टी नेपालले यस निर्वाचनमा भौगोलिकरुपमा मुलुकलाई पाँच विकास क्षेत्र कायम गरी अलङ्कारी राजसंस्था रहनुपर्छ भनी त्यसको पक्षमा मत मागेको छ ।

कर्मा लामा अध्यक्ष रहेको नेपाल विवेकशील पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ दुई उम्मेदवार मात्र उठाएको छ । ‘कुकुरको मुखाकृति’ चुनाव चिह्न रहेको उक्त पार्टीले वर्तमानमा अभ्यास गरिरहेको शासकीयस्वरुप र निर्वाचन प्रणालीमा व्यापक सुधार गरी अघि बढ्न सकिने प्रतिक्रिया दिएको छ ।

‘कुखुराको भाले’ चुनाव चिह्न बुद्धलाल मेचे अध्यक्ष रहेको मङ्गोल नेशनल अर्जनाइजेशनले मुलुकका सङ्घ र प्रदेश गरी यस निर्वाचनमा ५० जिल्लामा २ सय ३८ उम्मेदवार उठाएको छ । लोकतन्त्र, धर्मनिरपेक्ष, सङ्घीयता र मङ्गोलीयन मूलवासीको अधिकार तथा अस्तित्वका मुद्दालाई उक्त पार्टीले प्रमुख मुद्दा बनाएको छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले मुलुकका ६ प्रदेशका ८६ निर्वाचन क्षेत्रमा यस पटक पार्टीका उम्मेदवार रहेको बताए ।

पहिचानसहितको सङ्घीयता, हाल कायम रहेको न्यूनतम मत सीमा ‘थ्रेस होल्ड’ हटाउने तथा  प्रदेशलाई अधिकार सम्पन्न गराउने विषय उठाउँदै आएको मञ्चको चुनाव चिह्न ‘दापसहितको खुकुरी’ रहेको छ ।

बहुजन एकता पार्टी नेपालले समानता, स्वतन्त्रता, आत्मसम्मान र समृद्धिका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छ । चुनाव चिह्न ‘७ खुड्किलाको भर्याङ’ रहेको  उक्त पार्टीले  प्रत्यक्षतर्फ ३४ र समानुपातिकतर्फ ४९ स्थानमा उम्मेदवार खडा गरेको छ ।

राष्ट्रपति होस् वा प्रधानमन्त्री दुवै कार्यकारी प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्छ भन्ने मान्यता बोकेको उक्त पार्टीले जातीय आरक्षणसहित पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिएको छ ।

मतदाताले पनि राजनीतिक दल र उम्मेदवारसँग शान्ति सुव्यवस्था, सुशासन, मलखाद, सिँचाइ र सडकजस्ता पुरानै माग दोहोर्याइरहेको पाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०९:२३
##Election
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रहरी महानिरीक्षकमा डा मनोजकुमार केसी नियुक्त
प्रहरी महानिरीक्षकमा डा मनोजकुमार केसी नियुक्त बुधबार, कात्तिक १८, २०८३
१८ करोडको प्रश्नः गगन थापाले जवाफ दिनुपर्ने नैतिक र राजनीतिक दायित्व
१८ करोडको प्रश्नः गगन थापाले जवाफ दिनुपर्ने नैतिक र राजनीतिक दायित्व बुधबार, कात्तिक १८, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः २ 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
  • नंः ३ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
विचार
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म प्रज्ज्वल घिमिरे
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्