Top Navigation
Main Navigation
शनिबार, भदौ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • इरान सरकारविरुद्ध महिलाको विद्रोह
इरान सरकारविरुद्ध महिलाको विद्रोह
श्रीनारायणजी
श्रीनारायणजी शनिबार, कात्तिक २६, २०७९

इरानी महिलाले अनुदारवादी सरकारविरुद्ध विद्रोह गरेका छन् । लाखौँ महिला सडकमा ओर्लेर हिजाबविरुद्ध विद्रोह गरेका हुन् । हिजाब खारेजीको माग गर्दै महिला अधिकारका लागि भएको यस पटकको विद्रोह इरानमा क्रान्तिपछिको ठूलो हो । तर सरकार उदार देखिएन ।

महिलालाई अधिकार दिनुको सट्टा आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गरी गोली र लाठी बर्साएको छ । इरान सरकारले गरेको दमनको सर्वत्र विरोध भएको छ ।

इरानमा आचार तथा व्यवहारबारे निगरानी गर्ने प्रहरी मानिसको घुइँचो भएको ठाउँमा गस्ती गर्न निस्किन्छन् ।त्यहाँको तथाकथित आचार तथा व्यवहार निगरानी गर्ने प्रहरी निकायले हिरासतमा राखेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि त्यहाँ आक्रोशपूर्ण प्रदर्शन भएका छन् ।

उनी कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा पक्राउ परेकी हुन् । टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा सेप्टेम्बर १३ मा अमिनीलाई प्रहरीले तेहरानमा पक्राउ गर्याे ।

Nepal Oil Corporation

यातनाका कारण हिरासत कक्षमै अचेत भएपछि उनको तीन दिनपछि सेप्टेम्बर १६ मा मृत्यु भयो । उनको टाउकोमा लाठी प्रहार गरिएको र प्रहरीको गाडीमा ठोक्काइएको विवरण सार्वजनिक भएको छ ।

अमिनीका बुबा अमजादले ‘मृत्युपछि आफ्नी छोरीको शरीर हेर्न नदिइएको’ बताएका छन् । अमिनीको अनुहार र खुट्टा मात्र देखिने गरी शव दाहसंस्कारका लागि तयार गरेर राखिएको थियो भन्दै उनले भने, “उनको खुट्टामा चोटहरू थिए । प्रहरीले छोरीको मृत्युबारे आफूलाई ढाँटे ।”

पछिल्लो समय ३१ प्रान्तका कम्तीमा ८० सहरमा प्रदर्शन भए । विरोध चर्कंदै गएपछि प्रहरीले व्यापक दमन गरेको छ । जसका कारण सयभन्दा बढीको  ज्यान गयो भने हजारभन्दा बढी पक्राउ परे ।

महिलाको अगुवाइमा सुरु भएको प्रदर्शनलाई पछिल्लो समय पुरुषले पनि साथ दिएका छन् । उनीहरूले इरानको कठोर धार्मिक कानुन खारेजीको चर्को रूपमा माग गरेका छन् ।

महिलाले सार्वजनिक स्थानमा अनुहार र हातबाहेक सबै अङ्ग ढाक्नुपर्ने नियमको उनीहरूले विरोध गरिरहेका छन् । त्यस्तै, महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यको समेत आवाज उठेको छ ।

विरोधका क्रममा महिलाले सार्वजनिक स्थानमा नै कपाल काटेका र हिजाब जलाए। उनीहरूले ‘तानाशाहीलाई फाँसी दे’ भन्दै नाराबाजी गरे। राजधानी तेहरानका विभिन्न विश्वविद्यालयमा पनि विद्यार्थीले आन्दोलन चर्काए ।

लामो समयदेखि अमेरिकालगायतका पश्चिमा देशले लगाएका विभिन्न प्रतिबन्धका कारण इरानी अर्थतन्त्र निकै प्रभावित भएको छ । जसका कारण इरानी जनताको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रतिबन्धका कारण इरानले तेल बिक्री गर्न पाएको छैन । त्यसमाथि भ्रष्टाचार र आर्थिक दुरवस्थाका कारण लामो समयदेखि इरानीले महँगी, बेरोजगारी र खाद्यान्न अभावको समस्या झेल्न बाध्य छन् ।

पछिल्ला प्रदर्शनहरू देशको शासन प्रणालीको केन्द्रमा रहेका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीप्रति लक्षित छन् । खमेनीको उत्तराधिकारीका रूपमा हेरिएका मोज्ताबाविरुद्ध पनि चर्का नाराबाजी गरिएको छ ।

कतिपय सहरमा प्रदर्शनकारीले प्रहरी कार्यालय र सरकारी भवनमा आगो लगाइदिएका छन् । महिलाले ‘इस्लामिक गणराज्य हामीलाई चाहिँदैन’ भन्दै आक्रोश व्यक्त गरेका छन् । गिलान प्रान्तमा एक बूढी महिलाले आफ्नो हिजाब निकाल्दै ‘खामेनीलाई मृत्युदण्ड देऊ’ भन्दै नारा लगाएकी थिइन् ।

तर सरकार भने प्रदर्शनकारीका माग सुन्ने भन्दा पनि दमन गर्ने बाटोमा देखिएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । त्यस्तै, इरानी रिभोलुसनरी गार्ड्सले देशमा भइरहेको प्रदर्शनलाई ‘देशद्रोही कार्य’ को संज्ञा दिँदै मानिसलाई पाठ सिकाउन प्रदर्शन दबाउनुको विकल्प नभएको बताएको छ ।

मुस्लिम महिलाले परम्परागत रूपमा टाउको ढाक्न प्रयोग गर्ने वस्त्र हो हिजाब । यो लगाउँदा मानिसको टाउकोदेखि घाँटी हुँदै छातीसम्म छोपिन्छ । तर अनुहार भने खुला रहन्छ । अरबी शब्द ‘हिजाब’ को अर्थ अवरोध हो ।

इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि हिजाब कानुन लागू गरेको हो । त्यसयता इरानी महिला घरबाहिर निस्कँदा अनिवार्य रूपमा हिजाब लगाउँदै आएका छन् । इरान घुम्न जाने अन्य देशका नागरिकले पनि त्यहाँका महिलाले जसरी हिजाब लगाउनुपर्ने नियम छ ।

इस्लामिक कानुनअनुसार महिलाले घरबाहिर निस्कँदा आफ्नो अनुहार र हात (नाडीसम्म) बाहेक सम्पूर्ण अङ्ग छोप्नुपर्छ । तर यथार्थमा भने यो नियम पूर्ण रूपमा कार्यान्वयनमा भने आएको देखिँदैन ।

यद्यपि, केही महिलाले भने यो कानुनको पालना गर्ने गरेका छन् । इरानमा यो कानुन लागू गरिएसँगै महिलाले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । त्यसयता उनीहरूले पटकपटक उक्त कानुनको सार्वजनिक रूपमा विरोधसमेत गर्दै आएका छन् ।

पछिल्लो समय खासगरी सहरी धनी वर्गका महिलाले हिजाबसम्बन्धी नियम पूर्ण रूपमा पालना नगरेको पाइन्छ । त्यस्ता महिलाले उक्त नियमलाई आंशिक रूपमा उल्लङ्घन गर्ने गरेका छन् । उनीहरूले सम्भव भएसम्म टाउकोको पछाडिपट्टि मात्र हिजाब लगाउने तथा गर्मीयाममा खुला राख्ने गर्छन् ।

इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शन अन्य देशमा पनि फैलियो । फ्रान्सको राजधानी पेरिसमा हजारौँ मानिस प्रदर्शन गरे । त्यसैगरी बेलायतको राजधानी लन्डनमा पनि प्रदर्शन गरियो ।

इरानमा पोसाकसम्बन्धी कडा नियम र त्यसलाई लागू गर्नेविरुद्धको विरोधमा महिलाले आफ्नो टाउकोमा लगाउने स्कार्फ जलाएका छन् । त्यहाँ ‘गस्त–ए इर्साद’ नामक ‘नैतिकता’ प्रहरीको विशेष एकाइलाई इस्लामिक आचरण सुनिश्चित गर्न र अनुचित लुगा लगाएका मानिसलाई हिरासतमा राख्ने जिम्मा दिइएको छ ।

सरिया कानुनमा आधारित इरानी कानुनअनुसार महिला हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन् ।

प्रहरी भन्छ, “महिलाले उचित लुगा लगाएनन् भने पुरुष उत्तेजित हुन सक्छन् र उनीहरूलाई हानि गर्न सक्छन् ।” महिलाको पोसाक निगरानी गर्ने प्रहरीको एउटा समूहमा चार पुरुष र दुई महिला हुन्छन् । उनीहरू पैदलयात्री भएको ठाउँमा र मानिसहरूको घुइँचो हुने ठाउँ केन्द्रित हुन्छन् ।

‘खराब हिजाब’ अर्थात् टाउकोमा स्कार्फ वा अनिवार्य लगाउनुपर्ने अन्य कपडा गलत तरिकाले लगाउनेविरुद्धको लडाइँ सन् १९७९ को इस्लामिक क्रान्तिलगत्तै सुरु भएको हो । उक्त लडाइँको प्रमुख उद्देश्य महिलालाई सालीन ढङ्गमा लुगा लगाउने बनाउनु थियो ।

त्यतिबेला धेरै महिलाले त्यसो गरिरहँदा पश्चिम समर्थक  राजा शाह मोहम्मद रेजा पल्लवीलाई अपदस्थ गर्नुअघि तेहरानको सडकमा मिनिस्कर्ट लगाउने र कपाल नछोपी हिँड्ने चलन सामान्य थियो ।

सन् १९७९ मा भएको हिजाबको विरोधमा प्रदर्शन भएको थियो । यद्यपि इस्लामिक गणतन्त्र स्थापना भएको केही महिनाभित्रै शाहको नेतृत्वमा स्थापित महिला अधिकारको संरक्षण गर्ने कानुनहरू खारेज हुन थाले ।

क्रान्तिलगत्तै सडकमा पुरुष र महिला कागजमा बेरिएका टाउको ढाक्ने कपडा महिलालाई निःशुल्क वितरण गरेका थिए ।

सन् १९७९ को मार्च महिनामा आन्दोलनको नेतृत्व गर्ने अयातुल्ला रुहोल्लाह खोमेनीले आफ्नो कार्यस्थलमा सबै महिलालाई हिजाब अनिवार्य हुने र हिजाब नलगाउने महिलालाई ‘नग्न’ ठहर गर्ने बताए ।

उनले आदेश दिइएको भोलिपल्ट अन्तर्राष्ट्रिय महिला दिवस थियो । त्यस दिन प्रायः महिलासहित एक लाखभन्दा बढी मानिस तेहरानको सडकमा प्रदर्शनका निम्ति भेला भए ।

सन् १९८१ सम्ममा महिला तथा युवतीले कानुनी रूपमै सामान्य ‘इस्लामिक’ लुगा लगाउनुपर्ने भयो । यसको अर्थ टाउको र काँध छोप्ने साना कपडासहित शरीर पूर्ण रूपमा ढाक्ने ‘चादर’ लगाउनु थियो ।

सन् १९८३ मा संसद्ले सार्वजनिक स्थानमा कपाल नढाक्ने महिलालाई ७४ कोर्रा लगाउने निर्णय गरेको थियो । पछिल्लो समय यसमा ६० दिनसम्मको जेल सजाय थप गरिएको छ । यी नियम लागू गरिने हद र सजायको गम्भीरता विभिन्न राष्ट्रपतिको पालामा फरक पर्दै आएको छ।

गत वर्ष राष्ट्रपति निर्वाचित कट्टरपन्थी धर्मगुरु इब्राहिम राइसीले अगस्ट १५ मा प्रतिबन्धहरूको नयाँ सूची लागू गर्नेगरी एक आदेशमा हस्ताक्षर गरे ।

त्यस सूचीमा शरीर नढाकेका महिलामाथि निगरानी गर्न र जरिवाना तिराउन वा उनीहरूलाई परामर्शका लागि पठाउन सीसीटीभी क्यामरा राख्ने कुरा समाविष्ट छ ।

त्यसमा हिजाबसम्बन्धी नियमविरुद्ध अनलाइन सामग्री राख्ने, प्रश्न वा पोस्ट गर्ने इरानी नागरिकलाई अनिवार्य जेल सजाय तोकिएको छ ।

- नामी साप्ताहिक  

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १०:२५
##iran
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
  • नंः २ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ३ उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
विचार
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता प्रज्ज्वल घिमिरे
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्