काठमाडौं । प्रदेशसभा १ मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन्।
विजयी उम्मेदवार गुरुङले १ हजार ४८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरेका थिए ।
विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए। यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो।
प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्।
मुस्ताङमा जम्मा मत ७ हजार २ सय ३० मत खसेकोमा गौचन ९ सय १४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्।
गौचनले ३ हजार ९ सय ९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३ हजार ७८ मत पाएका थिए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १६:४८