काठमाडौं । प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् ।
सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।
एमालेका महर्जनले १९ हजार ८ सय ३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४ सय ४० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १ सय ३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् ।
निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५ सय ३९ मत पाएका छन्।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ २२:१०