उदयपुर । नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर-२ बाट निर्वाचित भएका छन्।
निर्वाचित उम्मेद्वार रायमाझीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्।
रायमाझीले १५ हजार २ सय ५१ मत प्राप्त गरेर निर्वाचित भए भने उनका प्रतिष्पर्धी नेकपा (एकीकृत समाजवादी) का खतिवडाले १२ हजार ८ सय ९३ मत पाएका थिए ।
त्यस्तै, नेपाली कांग्रेसका बागी रामकुमार राईले १० हजार ३ सय ७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले जानकारी दिएका हुन्।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ २०:२९