काठमाडौं । प्रतिनिधिसभा सदस्यमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।
रसुवाबाटै २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेर निर्वाचित भएको हो ।
निर्वाचित प्रतिनीधिसभा सदस्य आचार्यले १८ हजार २ सय ३५ मत ल्याउँदा तामाङले ८ हजार ६ सय १४ मत पाएका थिए । आचार्य र तामाङबीचको मतान्तर ९ हजार ६ सय २१ रहेको छ ।
नेपाल विद्यार्थी संघमा आवद्ध भएर २०४८ सालमा राजनीति यात्रा आरम्भ गरेका आचार्यले कांग्रेसका जिल्लास्तरका विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका नेता हुन् ।
२०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य रहेका आचार्य २०७८ मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
छयालिस वर्षीय आचार्य पेशाले निर्माण व्यवसायी र इन्जिनियर हुन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ २१:३३