काठमाडौं । प्रतिनिधिसभा सदस्यमा काठमाडौं-५ बाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।
निर्वाचित प्रदीप पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै निर्वाचित भएको हो।
मत परिणाम सार्वजनिक भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै उनले अब जनतालाई घर-घरमा पुगेर धन्यवाद दिने बताए ।
‘हामीले विजय जुलुस मनाउने छैनौं, जनताको घरघरमा गएर धन्यवाद ज्ञापन गर्नेछौं’ उनले भने, ‘मतदातालाई आभार व्यक्त गर्दै तपाईले हामीप्रति गर्नुभएको भरोसालाई टुट्न दिने छैनौं भनेर घरघरमा पुगेर भन्नेछौं । निर्वाचनमा गरेको प्रतिवद्धता छिटो भन्दा छिटो पूरा गर्नेछौं ।’
उनले प्रदेशसभा निर्वाचन क्षेत्रको नतिजा आइसकेपछि सबै निर्वाचित उम्मेदवार मिलेर मतदातासमक्ष जाने पौडेलले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ २२:५१