बाँके । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा धवल शमशेर जबरा विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवार जबराले उनी २९ हजार ५ सय ७७ मत प्राप्त गरेर विजयी भएको हो।
जबराका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्र प्राप्त गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ०७:३४