काठमाडौं । सिन्धुलीबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा विजयी शुरुवात गरेको छ ।
माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएको हो ।
माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर विजयी बनेको हो भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत ल्याएका थिए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १ हजार ५ सय ५३ पाएका थिए भने राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत प्राप्त गरेका थिए।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १२:३४