रुकुमपूर्व । सत्तारुढ गठवन्धनको रुकुम पूर्वबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
निर्वाचित घर्तीमगरको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउदै निर्वाचित भएको हो ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २ सय २१ मत प्राप्त गरे भने लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीमगरको संघीय संसदमा भने यो पहिलो प्रवेश हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १५:२७