झापा । झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीले ५२ हजार ३ सय १९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए ।
नेकपा एमालेका अध्यक्ष ओली २८ हजार ५ सय ७६ मतअन्तरले विजयी भएका हुन् ।
२०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए । त्यतिखेर उनको मत अन्तर २८ हजार ८ सय ४२ थियो ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४३ मत पाएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:०६