काठमाडौं । प्रतिनिधि सभा सदस्यमा डा तोसिमा कार्की ललितपुर-३ बाट विजयी भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेकी कार्कीले नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै विजयी बनेकी हुन् ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमा कार्कीले ३१ हजार १ सय ३६ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत पाएका छन् भने नेकपा (माओवादी केन्द्र) का पम्फा भुसालले ८ हजार ७ सय ६९ मत मात्र पाएकी छन् ।
नेकपा (माओवादी केन्द्र) का नेतृ भुसाल यसअघि २०७४ को निर्वाचनमा यही ३ न क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:२३