खोटाङ । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई (पासाङ) विजयी भएको छ ।
विजयी राईले नेकपा (एमाले) का विशाल भट्टराईलाई २ हजार ६ सय ६९ मतान्तरले पछाडि पार्दै विजयी भएको हो ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका राई (पासाङ)ले ३१ हजार ३ सय ५१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गरेको छ ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा ६७ हजार ३ सय ७३ मत खसेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:०३