नवलपरासी । प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान नवलपरासी-२ बाट निर्वाचित भएका छन् ।
प्रधानका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५ सय ९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएको हो।
प्रधानले ३४ हजार ९ सय ५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५ सय ९४ मत मात्र प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४ सय ९८ मत पाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०८:५१