महोत्तरी ।लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी महोत्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
भण्डारीले उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै निर्वाचित भएको हो।
प्रतिनिधिसभा सदस्य भण्डारीले २५ हजार १ सय ९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १ सय २० मत प्राप्त गरेका थिए।
यस्तैगरी नेकपा एमालेका रामपरीक्षण यादवले १० हजार २ सय ५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९ सय ७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३ सय ६० मत मात्र पाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १३:४३