गुल्मी । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी गुल्मी-१ बाट निर्वाचित भएका छन् ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले १ हजार ५ सय ९२ मतान्तरले पराजित गरेको हो।
कांग्रेसका प्रखर नेता भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १ सय ५२ मत ल्याएका छन् ।
भण्डारी र ज्ञवालीबीच ०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो ।
त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए भने ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए ।
०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १३:५५