सुर्खेत । प्रतिनिधि सभा सदस्यमा कालीकोटबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गर्दै निर्वाचित भएको हो।
पोलिटब्यूरो सदस्य शाहीले २४ हजार ४ सय ७४ मत प्राप्त गरेका हुन् भने नगीन्द्रले १६ हजार ४ सय १० मत पाएका छन्।
नेकपा माओवादी केन्द्रका शाहीले यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य र ०७४ मा प्रदेशसभामा चुनाव जितेका थिए।
२०७४ को चुनाव जितेपछि कर्णालीको मुख्यमन्त्री बनेका शाही यसपटक प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १९:०५