संखुवासभा । प्रतिनिधिसभा सदस्यमा संखुवासभाबाट सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका दीपक खड्का निर्वाचित भएका छन्।
काँग्रेसका नेता खड्काले ३२ हजार १ सय ५८ मत ल्याई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिएको हो ।
निर्वाचित सदस्य खड्काका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गरेका छन्। खड्का ५ हजार ४ सय ३९ मतान्तरले गौतममाथि विजयी भएका हुन्।
काँग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भिडन्त हो। एक मात्र प्रतिनिधिसभा रहेको संखुवासभामा ६५ हजार ३ सय ३७ मत खसेको थियो।
त्यसमध्ये २ हजार ७ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान उत्तिएका थिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १९:४५