Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तहको चुनावमा सुनिता डंगोलको विजयपछि युवाहरूमा उत्साह
स्थानीय तहको चुनावमा सुनिता डंगोलको विजयपछि युवाहरूमा उत्साह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं। नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमन भएको छ। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यसपटक धेरै नयाँ र युवा अनुहारहरू निर्वाचित हुनु सकारात्मक पक्ष हो । निर्वाचन ऐनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखिएको छ । अहिले निर्वाचित धेरै युवा जनप्रतिनिधिहरू ३० र ३० भन्दा कम उमेर समूहका छन् ।

नयाँ र स्वतन्त्रबाट निर्वाचित केही जनप्रतिनिधिहरू पनि ३० वर्षे उमेर समूह वरिपरिका छन् । यसरी निर्वाचित केही युवाले त आफूहरूको विजयसँगै देशको राजनीतिमा ‘युवा युग’ आरम्भ भएको दावी पनि गरिरहेका छन् ।

वास्तवमा नेपालको पछिल्लो राजनीतिमा ‘युवा युग’ को आरम्भ भएको वर्तमान अवस्थाको यथार्थ हो । तर, यसको आरम्भ अहिलेको चुनावदेखि मात्रै भएको भन्ने दावी भने यथार्थ होइन । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा धेरै युवाहरुको उपस्थिति भैसकेको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन।

उक्त चुनावमा नेकपा (एमाले) ले नेपालको पहिलो जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको उपमेयर पदमा २९ वर्षीय युवा उम्मेदवार सुनिता डंगोललाई मैदानमा उतारेका थियो । जुन विश्वास गरेर डंगोललाई एमालेले उम्मेदवार अघि बढायो । त्यसको धेरैले डंगोलसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि प्रशंसा गरेका थिए ।

पूर्व मिस नेवाःको ख्याती कमाएकी र अन्य सामाजिक अभियानहरुको सक्रियताले चर्चामा रहेकी डंगोलको उम्मेदवारी त्यतिबेलाको एक राजनीतिक आश्चर्य थियो । उनको उम्मेदवारीलाई युवा वर्गले कतिसम्म रुचाए भने मतदान हुनु अघि नै डंगोलको विजय सुनिश्चित भइसकेको थियो । अन्ततः उनी ६८ हजार ६ सय १२ मतका साथ धेरै फराकिलो अन्तरले विजयी बनेकी हुन् । उनले प्राप्त गरेको त्यो मत आफैमा एक कीर्तिमान थियो । 

त्यसो त स्थानीय तहको त्यो निर्वाचमा ७ सय ५३ स्थानीय तह मध्ये नेकपा (एमाले) एक्लैले ८३ स्थानमा मेयर र १ सय२३ स्थानमा अध्यक्ष जित हात पारेको थियो । त्यस्तै १ सय १५ स्थानमा उपप्रमुख र १ सय२६ स्थानमा उपाध्यक्ष जित हात पारेको थियो । एमालेले जितेका २ सय ६ पालिका प्रमुख मध्ये २६ जना प्रमुख ४० वर्ष कम उमेरका छन् । एमालेले २ सय ४१ स्थानीय तहमा उपप्रमुख र उपाध्यक्ष जितेको छ । ती मध्ये ८७ जना उपमेयर र उपाध्यक्ष ४० भन्दा कम उमेरका छन् भने ६ जना मेयर अध्यक्ष ३५ वर्ष भन्दा कम उमेरका छन् ।

Sunita Dangol.11650847368.jpg

काठमाडौं महानगरपालिकामा डंगोलको त्यो ऐतिहासिक विजयले राजनीतिमा रुचि राख्ने युवाहरूलाई अत्यन्तै उत्साहित बनाएको थियो । यदि आँट्ने हो भने डंगोल वयका युवाहरूले पनि चुनाव जित्न सक्दा रहेछन् भन्ने आम विश्वास त्यसले जगाइदिएको देखिन्छ । वास्तवमा राजनीतिक दलहरूले समेत युवा उमेरका कार्यकर्ताहरूलाई चुनावमा उतार्न आँट गर्न थालेको पनि त्यसपछि नै हो ।

स्थानीय तहको चुनावमा सुनिता डंगोलको विजयपछि युवाहरूमा उत्साह भरिएसँगै विभिन्न राजनीतिक दलभित्र युवालाई टिकट दिनका लागि दबाब पनि सिर्जना हुन पुगेको देखिन्छ । यस्तो दबाब स्वयम् डंगोलकै पार्टी एमालेभित्र पनि बढेको बुझ्न सकिन्छ ।

त्यसैको फलस्वरुप एमालेले यो निर्वाचनमा युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर, अनेरास्ववियुका पूर्व उपाध्यक्ष महेश बर्तौला, अब्दुस मियाँ, एकलाल श्रेष्ठ जस्ता नयाँ युवाहरूलाई मैदानमा उतार्यो । बर्तौला जस्ता युवाले पुराना पुस्ताका उम्मेदवारलाई भारी मतले पराजित गर्दै जित निकाल्न सफल भए । कांग्रेस–माओवादीलगायतका दलले यो पटक युवालाई अघि बढाउने प्रयास गरेको देखिन्छ । 

युवा वर्गको यो उत्साह कतिसम्म चुलियो भने अब राजनीतिमा नयाँ मात्रै आउनुपर्छ र पुराना नेताहरूलाई हराउनै पर्छ भन्ने अराजक नाराका साथ ‘नो नट अगेन’ नामक विवादास्पद अभियान समेत चलाइए । यसको फाइदा भने नयाँ आएका पार्टीले लिए र अधिकांश युवा उम्मेदवारहरू विजयी पनि भए । युवा विजयी हुनु सकारात्मक कुरा हो । विश्वको इतिहासमा युवाहरुले मुलुकै नेतृत्व गरेको इतिहास हाम्रा सामू छ ।

तर, अहिले नयाँ आएको पार्टीबाट विजयी भएका युवा उम्मेदवारहरूसँग उर्जाशील उमेर छ, विचार छैन । त्यति मात्रै होइन विचारको नेतृत्व गर्ने सक्षम नेतृत्व पनि छैन । अहिले लहडमै चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै राजनीतिक विचार देखिँदैन । देश बनाउने दीर्घकालिन सोँच र लक्ष्य पनि देखिदैँन । पूराना र ठूला राजनीतिक दलको आलोचना गर्ने बाहेक यो पार्टीसँग कुनै पनि नयाँ विचार देखिदैँन । देश कस्तो बनाउने र व्यवस्था कसरी अघि बढाउने भन्ने ठोस धारणा पनि यो दलसँग छैन । यो दलसँग युवाहरुलाई भ्रमित बनाउने, चर्का भाषण गर्ने र बहकिएका युवालाई उत्तेजित बनाउने बाहेक ठोस योजना नहुनुले पनि यसको भविश्य कता पुग्ला भन्ने अनुमान गर्तमै छ । उक्त पार्टीको विधानमा पनि कुनै राजनीतिक सिद्धान्तको चर्चा गरिएको पाइँदैन ।

‘जनताका आम समस्या समाधान गर्ने’ जस्ता तत्कालिन आश्वासनका भरमा यो पार्टीले चुनाव जितेको देखिन्छ । यो एक किसिमले पञ्चायतकालीन नानीमैंया दहाल प्रवृत्तिकै युवा संस्करण मात्र हो कि भन्ने आशंका गर्ने प्रसस्त ठाउँ देखिएका छन् । यो शक्तिलाई नेपालको राजनीतिक अस्थिरतामा खेल्ने देशी–विदेशी शक्तिको ‘प्रोपागान्डा’ मा लिगभगतहरुको प्रहार हो भनेर आलोचना समेत सुरु भएको छ । केही तथ्यहरुले यो होइन भनिहाल्ने अवस्था पनि देखिदैँन ।

काठमाडौं महानगरपालिकाका उपमेयर डंगोलकै सन्दर्भमा कुरा गर्ने हो भने उनले शुरुमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर, राजनीति भिडले होइन विचारले हाँकिन्छ भन्ने सोचका साथ उनले पछि एमालेबाटै चुनाव लड्ने निर्णय गरेकी थिइन् । अहिले उनीसँग उमेर पनि छ, साथमा विचार पनि । निर्वाचित नयाँ जनप्रतिनिधिहरू विचारले निर्देशित नभएका कारण उनीहरूको जितमै पनि विभिन्न प्रश्न उठिरहेका छन्। आफू नै सबथोक हो, त्यही भएर चुनाव जितेको भन्ने आत्मरतिले ग्रस्त भएका कारण उनीहरू अहिले आफैबाट नै राजनीतिमा युवा युग शुरु भएको दावी गरिरहेका छन्। 

यो निर्वाचनमा धेरै संख्यामा युवा उम्मेदवारहरू जित्नु खुशीको कुरा हो । तर निर्वाचनमा जिते पनि कुनै राजनीतिक सिद्धान्त, वाद र विचारविहिन युवाहरूको यो समूहले आफूलाई प्राप्त भएको राजकीय शक्तिको सही उपयोग गर्न सक्लान् र भन्ने विषय भने अझै पनि शंकाकै घेराभित्र अल्झिरहेको छ। 

Sunita Dangol followers1669395973.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  २२:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्