सप्तरी । प्रतिनिधि सभा सदस्यमा सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर-४ बाट तेजुलाल चौधरी निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका चौधरीले २३ हजार ४ सय ९१ मत ल्याएर यो तेस्रो पटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् ।
कांग्रेसबाट निर्वाचित भएका चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ ०९:०२