नुवाकोट । प्रतिनिधि सभा सदस्यका लागि नुवाकोटको क्षेत्र नम्बर २ बाट अर्जुन नरसिंह केसी विजयी भएका छन् ।
नेपाली कांग्रेसका नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुमन बिक्रम पाण्डेलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको हो ।
केसीले २८ हजार १ सय ७ मत प्राप्त गरेर विजयी बनेका हुन् भने रास्वपाका पाण्डेले १६ हजार ४ सय ७७ मत पाएर दोस्रो भएका छन् ।
त्यस्तै नेकपा एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५ सय ६१ मत ल्याएर तेस्रो स्थानमा रहे भने राप्रपाका झनक प्याकुरेलले १ हजार ५ सय ७१ मत पाएका चौथो स्थानमा रहे ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ ०९:२९