जनकपुरधाम । प्रतिनिधि सभा सदस्यका लागि धनुषा-१ बाट जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् ।
कार्कीका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएको हो।
कार्कीले २७ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् भने यादवले २१ हजार ४ सय ८३ मत पाएका हुन् । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४ सय ६७ मत पाएका छन् ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित कार्की एमाले जसपा गठबन्धनका उम्मेदवार हुन् भने यादव सत्तारुढ गठबन्धनका हुन् ।
यसअघि २०७४ को निर्वाचनमा मातृका यादवले दीपक कार्कीलाई पराजित गर्दै जित हासिल गरेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ २१:४४