इलाम । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा नेम्वाङले १ सय १४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेको हा।
०५६ साल यता प्रतिनिधि सभामा निरन्तर अपराजित नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत पाएका हुन् ।
नेम्वाङ २०७४ सालमा पनि निर्वाचित भएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ ०८:३६