काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ ।
भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिएको थियो ।
बधाई आदान-प्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ २२:००