सुनसरी । जनता समाजवादी पार्टीका अशोककुमार राई सुनसरी-१ बाट निर्वाचित भएका छन्।
प्रतिनिधि सभा सदस्यका लागि राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै निर्वाचित भएको हो ।
राईले १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन् भने तामाङले १६ हजार ६ सय ६ मत मात्र प्राप्त गरेकी थिइन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए भने राप्रपाका अशोककुमार राईले ७ हजार ८ सय ८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले ७ हजार ८ सय १२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले ३ हजार ८ सय १८, कुमार कार्कीले १ हजार ८ सय ६४, र मातृकाप्रसाद भट्टराईले १ हजार ७ सय ६० मत पाएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ ०९:०६