काठमाडौं । प्रमुख तीन दलवीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ ।
सत्ता गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको हो ।
त्रिपक्षीय छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका हुन् ।
‘गठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ,’ परियारले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १३:०१