Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • अमेरिकामा फेरि ट्रम्पको चर्चा  
अमेरिकामा फेरि ट्रम्पको चर्चा  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर १२, २०७९
Api Himal

 अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति चुनाव लड्ने घोषणासँगै नयाँ चर्चा सुरु भएको छ । सन् २०२४ को राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिने घोषणा गरेका उनलाई चुनाव जित्न भने सजिलो छैन । तैपनि उनले आफूलाई सफल उम्मेदवारका रुपमा दावी गरेका छन् ।

सम्पन्न मध्यावधि चुनावले राष्ट्रपति जोए बाइडेनको लोकप्रियता केही कमी आयो । दुवै सदनमा नियन्त्रण कायम राखेको राष्ट्रपति बाइडेनको सत्तारुढ डेमोक्रेटिक पार्टीले संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बहुमत गुमाएको छ । सन् २०२० को नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा सो दलले २२० सिट जिती बहुमत ल्याएको थियो । तल्लो सदनमा  विपक्षी रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ ।

तल्लो सदनमा बहुमत गुमाएका राष्ट्रपति बाइडेनको अब बाँकी दुई वर्षको कार्यकाल केही चुनौतीपूर्ण हुने भए पनि सिनेटमा आफ्नै दलको बहुमत कायम रहेकाले काम गर्न ठूलो अबरोध आउँदैन  । नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले तल्लो सदनमा २१८ सिट जितेको छ । यसअघिको निर्वाचनमा सो पार्टीले २१२ सिट जितेको थियो । यस पटक तल्लो सदनको सबै ४३५ सिट, माथिल्लो सदन सिनेटका ३५ सिट र ३४ गभर्नरका लागि निर्वाचन भएको हो । तल्लो सदनमा बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ ।

तल्लो सदनमा बहुमत गुमाए पनि बाइडेनको राष्ट्रपतीय कार्यकालका लागि भने कुनै असर पर्दैन । तर यसले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा भने चुनौती सामना गर्नुपर्ने हुनसक्छ । तल्लो सदनमा  रिपब्लिकन पार्टी ठूलोे भएकाले कानुन तथा नीति निर्माणमा अवरुद्ध पार्न सक्छ । रिपब्लिकनका तर्फबाट सन् २०२४ को राष्ट्रपतीय चुनावका मुख्य दाबेदार फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस पुनः एक पटक विजयी  भएका छन् ।

Nepal Oil Corporation

माथिल्लो सदन सिनेटमा भने डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच निकै कडा प्रतिस्पर्धा भयो ।  सिनेटका एक सय सिटमध्ये ३५ सिटका लागि निर्वाचन भएको हो । यसअघि सिनेटमा दुवै दलको हाल ५०/५० सिट थियो तर डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति बनेकी कमला ह्यारिसले सिनेटमा निर्णायक मत दिन पाउने अधिकार भएकाले डेमोक्रेटिक पार्टी बहुमतको अवस्थामा थियो । यस पटक भने डेमोक्रेटिक पार्टीले ५० र रिपब्लिकन पार्टीले ४९ सिट जितेका छन् । जर्जियामा डेमोक्रेटिकका राफेल वार्नक रिपब्लिकनका हर्सेल वाल्करभन्दा अघि भए पनि ५० प्रतिशत मत कटाउन नसकेका कारण डिसेम्बर ६ मा पुनः चुनाव हुनेछ ।

अमेरिकी संसद्मा दुई सदन छन् । तल्लो सदनका सदस्यको कार्यकाल दुई वर्षको हुन्छ भने माथिल्लो सदनका सदस्यको कार्यकाल छ वर्षको हुन्छ । एक तिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिन्छ । राष्ट्रपतीय निर्वाचित भएको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यावधि निर्वाचन (मिड–टर्म इलेक्सन) भनिन्छ ।

डेमोक्रेटिक पार्टीले संसद्को तल्लो सदनमा बहुमत कायम गर्न चुकेसँगै गर्भपतनको अधिकार, बन्दुक नियन्त्रणको मुद्दा र स्वास्थ्यसम्बन्धी सेवामा असर पुगेको छ । सर्वोच्च अदालतले गत जुनमा संवैधानिक रूपमा संरक्षण गरिएको गर्भपतनसम्बन्धी अधिकारको अन्त्य गरिसकेकाले अब  संसद्मा बहुमत ल्याउने दलले अब नयाँ कानुन बनाउनुपर्नेछ ।

चुनावी मुद्दाका रूपमा डेमोक्रेटिक पार्टीले गर्भपतनमा कानुनी पहुँच कायम राख्ने वाचा गरेको थियो भने रिपब्लिकनले १५ साताभन्दा बढीको गर्भपतनमाथि कानुनी प्रतिबन्ध लगाउने बताएको छ । सो पार्टी अध्यागमन, धार्मिक अधिकार र हिंसात्मक अपराधसम्बन्धी नियममा थप कडाइ गर्ने पक्षमा छ  । त्यस्तै, बाइडेन प्रशासनको अध्यागमन नीतिसमेत परिवर्तन गर्ने दाउमा रिपब्लिकन छ ।

आफ्नो जीतसँगै सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिल (संसद् भवन)मा भएको आक्रमणको अनुसन्धान बन्द गर्ने रिपब्लिकनको सोच छ । तत्कालीन राष्ट्रपति ट्रम्पले निर्वाचन हारेपछि उनका समर्थकहरुले असहमति जनाउँदै संसद् भवनमा आक्रमण गरेका थिए । सो घटनामा पाँच जना मारिएका थिए भने संसद् भवन तोडफोड भएको थियो । घटना हुनुमा ट्रम्पलाई जिम्मेबार ठहर्याउँदै छानविन प्रक्रिया अगाडि बढाइएको छ ।

चुनावी परिणामले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने सन् २०२४ को चुनावमार्फत पुनः राष्ट्रपतिमा फर्कने अवस्था केही असहज बनेको देखिएको छ । उनले छनोट गरेका कतिपय उम्मेदवारहरू चुनावमा असफल भएका कारण उनीमाथि फ्लोरिडाका गभर्नर रोन डिसान्टिस हाबी हुनसक्ने देखिएको छ । डिसान्टिस अत्यधिक मतसहित पुनः विजयी  भएका छन् । तर पनि ट्रम्प पछि हट्ने सम्भावना कम छ ।

चुनावको अन्तिम नतिजा आ–आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास स्वरूप यसअघि राष्ट्रपति  बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम चुनावी र्यालीहरूमा सम्बोधन गरे । ट्रम्पले भने आक्रामक भाषण गर्दै अमेरिकाको पतन चाहनेले मात्र डेमोक्रेटलाई मतदान दावी गरे । “देशको विनाश रोक्न चाहनुहुन्छ भने रिपब्लिकनलाई मत दिनुपर्छ”, उनको भनाइ थियो ।

डेमोक्रेटिक पार्टीले कोरोना महामारी नियन्त्रण, राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त आदि विषयलाई चुनावी मुद्दा बनाएको थियो ।

रिपब्लिकन पार्टीले भने  आप्रवासी समस्या समाधान गर्ने, रोजगारी वृद्धि र अवसर, स्वतन्त्र, सुरक्षित र बलियो अमेरिका बनाउने नारा दिएको थियो ।

अमेरिकामा डेमोक्रेटिक पार्टीलाई उदार र रिपब्लिकन पार्टीलाई अनुदार पार्टी मानिन्छ । डेमोक्रेटिक पार्टी सत्तामा आएपछि अमेरिकालगायत विश्वभर उदारवाद र सुधारवादले स्थान पाउने गरेको छ भने रिपब्लिकन पार्टी सत्तामा आएपछि अनुदारवाद हावी हुँदै आएको छ ।

अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने गर्दछ । नोभेम्बरको पहिलो मङ्गलबार २ देखि ८ तारिखभित्र त्यहाँ राष्ट्रपतिको चुनाव हुने प्रचलन छ ।  त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्ट्रोरल तथा पपुलर मतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन्छ ।

अमेरिकी राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको रहेको छ । अमेरिकी मतदाताहरुले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अपत्यक्ष अर्थात् गठिन ५३८ सदस्यीय इलेक्टोरल कलेजले गर्ने गर्दछ । अमेरिकी कङ्ग्रेस दुई सदनात्मक छ ।  हाउस अफ रेप्रिजेन्टेटिभ र सिनेटको कुल सङ्ख्या ५३८ सिटमध्ये बहुमत २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

अमेरिकामा सन् १७८९ देखि राष्ट्रपतीय निर्वाचना सुरु भएको हो  । पहिलो निर्वाचन हुँदा १३ राज्यमा इलेक्ट्रोरल मतदाता चयन गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेकिकामा बसोबास गर्दै आएको हुनुपर्ने छ ।  एक व्यक्ति लगातार दुईपटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था छ । ५३८ मतको इलेक्ट्रोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५१ स्थानमा निर्वाचन हुने गर्छ ।

तत्कालीन बेलायतको उपनिवेशमा रहेको अमेरिकामा सन् १६१९मा काला जातिका मानिसलाई दासका रुपमा अफ्रिकाबाट भित्र्याइएको हो। काला जातिका मानिसलाई त्यहाँ कुनै किसिमको नागरिक अधिकार दिइएको थिएन । बेलायती उपनिवेशबाट सन् १७७६ मा अमेरिका मुक्त भई जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित बनेपछि अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनले गृहयुद्धको रुप लिएपछि सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथाको उन्मूलनको घोषणा गरिएको थियो। दास प्रथा उन्मूलन भएपछि अमेरिकी नेतृत्व समावेशी भएको छ ।

गोरा जाति र काला जाति दुवैबाट सर्वोच्च पद राष्ट्रपति बनेका छन् । यो नै अमेरिकी संविधानको मूल विशेषता हो।अमेरिकाको इतिहासमै पहिलो पटक काला जातिको प्रतिनिधित्व गर्दै बाराक ओबामा राष्ट्रपति बने । उहाँ सन् २००८ देखि २०१६ सम्म दुई कार्यकाल डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भए ।  दुई कार्यकालमा उनले मुलुकका लागि महत्वपूर्ण काम गरे ।

अमेरिका बेलायतबाट स्वतन्त्र भएको २४६ वर्ष पुगेको छ । यो अवधिमा अमेरिका ठूलो प्रगति गरी विश्वकै सर्वाधिक शक्तिशाली र पहिलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यो अवधिमा अमेरिकाले गरेको प्रगति र उन्नति विश्वकै लागि उदाहरणीय छ । अहिले अमेरिका नै विश्वको नेता हो । अमेरिकामा हुने नेतृत्व परिवर्तन र निर्वाचनले विश्व राजनीति नै प्रभावित हुन्छ ।

- नामी साप्ताहिक

      


 


 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १९:१८
##donaldtrump #america
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्